९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टोखामा कुकुर पाल्न ७५ लाख बजेट


११ फाल्गुन २०७६, आइतबार  

0
Shares


११ फागुन ०७६, काठमाडौं । काठमाडौं टोखा नगरपालिकाभित्रका छाडा कुकुरलगायत पशुपन्छी संरक्षणका लागि ‘कान्जि हाउस’ निर्माण गरिने भएको छ । कान्जी हाउस निर्माणका लागि वागमती प्रदेश सरकारले रु ७५ लाख बजेट सो नगरपालिकालाई उपलब्ध गराइसकेको छ ।
कान्जि हाउस निर्माणका लागि जग्गा खोजीकार्य भइरहेको नगरपालिकाले जनाएको छ । चालू आर्थिक वर्षमा नगरपालिकाभित्र पालन गरिएका पशुपन्छीका लागि रु पाँचलाखको औषधि तथा भिटामीन वितरण गरिएको छ ।
बेलाबेलामा बधशाला र मासु पसलसमेतको अनुगमन गरेको पशु शाखा प्रमुख कार्कीले बताउनुभयो । नगरपालिकाले ११ क्वीन्टल हिउँदे घाँसको बीउ किसानलाई वितरण गर्नुका साथै वर्ड फ्लुसम्बन्धी अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेको नगरपालिकाले जनाएको छ ।
टोखा नगरपालिकाले ३०० घरपालुवा तथा छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’ दिइएको छ । नगरपालिकाका पशु सेवा अधिकृत तीर्थबहादुर कार्कीले नगरपालिकाभित्रका छाडा कुकुर नियन्त्रणका लागि काठमाडौँ एनिमल टिटमेन्ट सेन्टरको सहकार्यमा कुकुर बन्ध्याकरण ‘भ्याक्सिङ’ कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । “छाडा कुकुरबाट हुने ‘वर्थ कन्ट्रोल’का लागि ५५ पोथी कुकुरलाई बन्ध्याकरण गरेका छौँ,” उहाँले भन्नुभयो । एक कुकुरको बन्ध्याकरणका लागि रु छ हजार लाग्ने गरेको छ । चालू आर्थिक वर्षमा ३५० पोथी कुकुरको बन्ध्याकरण गरिने कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १ : ४७ बजे