२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


खोकना पर्यटक महोत्सव सम्पन्न


१२ फाल्गुन २०७६, सोमबार  

0
Shares

१२ फाल्गुन ०७६, ललितपुर । ललितपुरको खोकनामा यही फागुन ९ देखि शुरु भएको खोकना महोत्सव करीब ४० हजार दर्शकको अवलोकन तथा रु एक करोड कारोवार भई आज समापन भएको छ । ललितपुर महानगरपालिका वडा नं २१ खोकनामा भएको महोत्सवको समापन गर्दै प्रतिनिधिसभा सदस्य पम्फा भुसालले खोकनामा घरबास सञ्चालन गरी यसलाई थप पर्यटकीय क्षेत्र बनाइने बताउनुभयो ।

त्यस्तैगरी सो अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले खोकनालाई पुरानै स्वरुपमा फर्काउन मन्त्रिपरिषद्ले योजना अघि बढाएको आफूले पाएको जानकारी दिनुभयो । त्यस्तै सांसद नवराज सिलवालले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन खोकना महोत्सव सफल भएको विचार राख्नुभयो सांसद कृष्णलाल महर्जनले प्राचीन एवं मौलिक सांस्कृतिक सम्पदाको धनी खोकनालाई पर्यटकको आकर्षण बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले महोत्सवले खोकनाको पहिचान र मौलिकता जगेर्नामा सहयोग गरेको विचार व्यक्त गर्नुभयो ।

https://www.youtube.com/@lalitkhabar

महोत्सवका करीब ११० कक्षमा तोरीको तेल, नेवारी खाजा, हरियो तरकारी, हस्तकलाका सामग्री, चामल, चिउरा तथा पुराना भाँडाकुँडा, गोरखाभूकम्पका अवशेष आदि राखिएका थिए । काठमाडौँ उपत्यकाका साथै मकवानपुर, काभ्रेपलाञ्चोक, रुपन्देहीसमेतका दर्शक महोत्सवमा सहभागी भएको महोत्सवका संयोजक तथा ललितपुर २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १२ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।