९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोरोनाग्रस्त चीनबाट फर्केका विद्यार्थीको रगत नमूना सङ्कलन


१७ फाल्गुन २०७६, शनिबार  

0
Shares

१७ फागुन ०७६, भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको उहानबाट उद्धार गरी यही ४ गते भक्तपुरको खरिपाटी र नगरकोटस्थित क्वारेन्टाइनमा राखिएका १९३ नेपालीको आज स्वास्थ्य परीक्षण एवं नाक र घाँटीको स्वाब सङ्कलन गरिएको छ ।
खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ नेपाली र नगरकोटको खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाल वायुसेवा निगमको जहाजका चालकदलसहित १८ को क्वारेन्टाइनमा राखिएको आज १४औँ दिनमा नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा खटिनुभएका नेपाली सेनाका सहसेनानी डा नवीन फुँयालले जानकारी दिनुभयो ।
यसअघि यही ४ गते नै उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी परीक्षणपछि आएको रिपोर्टमा कसैमा पनि कोरोनाको सङ्क्रमण नदेखिएको र अन्तिमपटक आज फेरि सबैको राष्ट्रिय प्रयोगशालाको टोलीले नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी परीक्षणका लागि लगेको उहाँले जानकारी दिनुभयो ।

सङ्कलन गरिने स्वाब नमूना परीक्षणको रिपोर्ट आउन करिब तीन दिन लाग्ने भएकाले परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण भएको नदेखिएमा आगामी २१ गते उनीहरुलाई घर फर्काउने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १० : ०४ बजे