९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रेस सङ्गठनको उपत्यका भेला सम्पन्न


२४ फाल्गुन २०७६, शनिबार  

0
Shares

 

प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटिद्वारा शनिबार ललितपुरमा आयोजित प्रथम भेला एवं शपथग्रहण कार्यक्रममा सहभागी । तस्वीर ः चन्द्रकला क्षेत्री, रासस

 

२४फाल्गुन ०७६, ललितपुर । प्रेस सङ्गठन नेपाल उपत्यका प्रदेश भेला सात बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । घोषणापत्रमा श्रमजीवी पत्रकारसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, साङ्गठनिक एकता कायम गर्नुपर्ने तथा पत्रकारको नियमित प्रशिक्षण आवश्यकताअनुसार सञ्चालन गर्न दबाव दिने रहेका छन् ।

त्यस्तैगरी राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डताका पक्षमा दृढतापूर्वक उभिँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासका पक्षमा आफ्नो तर्फबाट आवश्यक योगदान पु¥याउने र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासहितको विकास र समृद्धिको यात्रालाई रचनात्मक सुझावसहित सघाउने, काठमाडौँ, भक्तपुर र ललितपुरको थप विकास, शहरीकरण र सौन्दर्यीकरणका साथै सांस्कृतिक पक्षहरुको संरक्षण र विकासका लागि सम्बन्धित जनप्रतिनिधि, निकाय र पक्षलाई भेलाले विशेष आग्रह गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

घोषणापत्रमा विश्वव्यापी सङ्क्रमण भइरहेको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न र बचाउन सम्बन्धित सबै पक्षमा अपिल गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहनुभएकाले उहाँको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ८ : २५ बजे