९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बनेपाको सङ्कटा मन्दिरमा अबिर जात्रा


२६ फाल्गुन २०७६, सोमबार  

0
Shares

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा हुने सङकटा जात्रा र अविर जात्राको अवसरमा सङकटादेवीको रथ बोकेर सोमबार बजार परिक्रमा गर्दै स्थानीयबासिन्दा । हरेक बर्ष फागु पूर्णिमाको दिन यहाँस्थित त्रिवेणीघाटमा रहेको सङकटादेवीको रथ बोकेर बजार परिक्रमा गरी सो जात्रा मनाइन्छ । तस्वीर ः पेमा लामा/रासस

२६ फागुन ०७६,बनेपा । काभ्रेपलाञ्चोकको पनौतीमा हरेक वर्ष फागुन पूर्णिमाको दिन मनाउने सङ्कटा जात्रा र अबिर जात्रा धुमधामसँग मनाइएको छ । विशेषगरी यहाँका आचार्य र प्रधान समुदायले मनाउने जात्रामा बाजागाजासहित पनौती नगरपालिका–७ त्रिवेणीघाटमा रहेको सङ्कटा मन्दिरबाट शुरु गरी बजार परिक्रमा गर्दै पुनः मन्दिरमा पुगेर सम्पन्न हुन्छ । पनौतीमा मनाउँदै आएको विभिन्न जात्रामध्येको सङ्कटा जात्रा र अबिर जात्रा पनि एक हो ।
सिङ्गो पनौती बासिन्दाले मनाउने सो जात्रा हरेक फागु पूर्णिमाको दिन धुमधामसँग मनाइन्छ । पौराणिककालदेखि मनाउँदै आएको भए पनि विभिन्न कारणले निरन्तरता दिन नसकेको जात्रा २०६७ सालदेखि भिन्तुना ग्रुप पनौतीको अगुवाइमा वार्षिकरुपमा मनाउँदै आएको सङ्कटा जात्रा व्यवस्थापन समितिका प्रमुख सल्लाहकार पुरुषोत्तम कर्माचार्यले बताउनुभयो ।
पारिवारिक सुख र समृद्धिको कामनाका साथ सबैको सुख, शान्ति र मेलमिलापको कामना गर्दै सङ्कटमोचन होस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिन्छ । समितिका प्रमुख सल्लाहकार पुरुषोत्तम कर्माचार्यले भन्नुभयो, “यो जात्रा मनाएपछि पारिवारिक र समाजमा सङ्कटमोचन हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।” सो अवसरमा बिहान बाजागाजासहित नगर परिक्रमा गर्ने र दिउँसो सङ्कटा मन्दिरमा राँगो बलि दिएर सुन सङ्कटा मूर्तिलाई बजार परिक्रमा गरेर पुनः मन्दिरमा नै लगेर राखिन्छ ।
जात्रासँगै आज नै यहाँका स्थानीय बासिन्दाले एकापसमा अबिर लगाएर अबिर जात्रासमेत मनाइयो छ । आपासी सद्भाव, खुशी र उमङ्गको पर्वका रुपमा मनाउँदै आएको फागु पूर्णिमालाई यहाँका स्थानीय बासिन्दाले अबिर जात्राका रुपमा मनाउँदै आएको छ । विभिन्न बाजागाजा बजाएर बजार परिक्रमा गर्दै एकापसमा रङ दलेर अबिर जात्रा मनाएको कर्माचार्यले बताउनुभयो । यस वर्ष जात्रा मनाउनका लागि स्थानीय प्रवीण कर्माचार्यको संयोजकत्वमा जात्रा व्यवस्थापन समिति गठन गरी जात्रालाई व्यवस्थित ढङ्गले मनाएको छ ।
पनौतीमा हुने जात्रामध्ये सो जात्राका लागि पनि नगरपालिकाले आर्थिक सहयोग गरिएको छ । पनौतीमा हुने जात्राको मुम व्यवस्थापन समितिको नाममा बजेट व्यवस्थापन गरेअनुसार त्यसबाट विभिन्न जात्रा मनाउनका लागि बजेट व्यवस्थापन हुने जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ९ : ५७ बजे