९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जोरपाटी चोकमा सुविधा सम्पन्न शौचालय बन्ने


२७ फाल्गुन २०७६, मंगलबार  

0
Shares

२७ फाल्गुन०७६,काठमाडौं ।शहरीकरण तीव्र भएपछि गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी चोकमा सुविधासम्पन्न आधुनिक शौचालय निर्माण गरिने भएको छ ।

राजधानी काठमाडौँको पूर्वी क्षेत्रको महत्वपूर्णस्थान जोरपाटी चोकमा अत्याधुनिक शौचालय निर्माणका लागि गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् र नगरपालिकाबीच सम्झौता भएको हो । सङ्घका सचिव गौरीराज जोशी र नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । काठमाडौँको काठ क्षेत्रमा बस्ती विस्तार भएसँगै पूर्वी भेगका अधिकांश स्थान भरिएका छन् ।

त्यस्तैगरी जोरपाटी चोक बूढानीलकण्ठको पूर्वी भाग, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुर र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका गरी पाँच स्थानीय तह छिर्ने व्यस्त चोक हो । यी क्षेत्रको व्यापारसमेत त्यही मार्गबाट हुँदै आएको छ । जोरपाटी चोकमा हाल शौचालय नहुँदा यो मार्ग भएर ओहोरदोहोर गर्ने पैदलयात्रु वाग्मती नदी किनारमा खुला शौच गर्छन् । बेलुकीको समयमा खुला स्थानमा शौच गरिँदा सफाइमा चुनौती थपिएको थियो । त्यसका कारण नदी सफाइमा समेत प्रत्यक्ष प्रभाव परेको छ

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  २ : २२ बजे