९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मास्क लगाएर परीक्षा दिँदै महालक्ष्मीका विद्यार्थी


३० फाल्गुन २०७६, शुक्रबार  

0
Shares

३० फागुन ०७६, ललितपुर । चैत ३ गतेबाट लिने भनिएको कक्षा ८ को परीक्षा सरेपछि पुन: महालक्ष्मी नगरपालिकाले फागुन २९ गतेबाट नै परीक्षा सुरु गरेको छ । नगरपालिकाका सातवटा सेन्टरमा १८४० विद्यार्थीले माक्स् लगाएर परीक्षा दिईरहेका छन् ।

परीक्षा सेन्टरले प्रत्येक विद्यार्थीलाई प्रदान गरेको हो । सरकारी विद्यालय ११ र बोर्डिङ्ग स्कुल ३६ गरी कुल ४७ विद्यालयले कक्षा ८को परीक्षा बिहिबारबाट दिदैँछन्। परीक्षा सेन्टर मध्ये गौरीशंकर इङ्लिस स्कुलमा-३१४,पवनप्रकृति स्कुलमा-३२८,सिद्धिमंगलमा-२८९,नेपाल डन बक्सोमा-४८६,लुभु मा वि मा -२४२,विद्यापुञ्ज मा वि मा-१६०,बासुकी मा वि मा -२१ जना परीक्षार्थी रहेका छन्। प्रत्येक परीक्षा सेन्टरमा हेल्थ डेक्स् र ७५ गार्डहरु खटाइएका छन् भने प्रत्येक सेन्टरमा २ सुरक्षाकर्मी पनि राखिएका छन् ।

प्याब्सन र एन प्याब्सनका केही असन्तुष्ट सदस्यहरुले नगरपालिकाले लिने परीक्षालाई कोरोना भाइरसको समस्या देखाउँदै होम सेन्टर समेत माग गरेर न्युज प्रकाशन गराएका थिए।नगर प्याब्सनका अध्यक्ष कैलास मल्लले नगरपालिकाले सहज वातावरणमा परीक्षा गराएर विद्यार्थीको क्षमता विकास गर्न खोजेको हो भने प्याब्सनले असहयोग गर्नु पर्ने कारण हुँदैनन्।

नगरपालिकाले शिक्षा र सहकारी ऐन नगरपालिकाको कार्यान्वयन चरणमा पुगेकाले सो गर्दै जाने क्रममा नगरबाट यो परीक्षा लिएको बताएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : ३५ बजे