९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको पार्किङ्ग समस्या विकराल, समाधानका लागि तात्यो महानगर


१ चैत्र २०७६, शनिबार  

0
Shares

प्रस्तावित आधभुनि क प्रविधिमा आधारित पार्किङ्ग ।

१ चैत्र ०७६,काठमाडौं । काठमाडौं महानगरपालिकामा पाकिङ्ग समस्या विकराल बन्दै गएपछि महानगर तात्न थालेको छ । प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका पार्किङ व्यवस्थापनमा जुट्नुपर्ने बताएका छन ।
सरोकारवाला, वडा अध्यक्षहरु, विमागप्रमुखहरुको भएको छलफलमा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले वडा कार्यालयहरुलाई वडाभित्र पार्किङ् भवन बनाउन सकिने स्थान भए सिफरिस गर्न अनुरोध गर्नुभएको छ । महानगरभित्र पार्किङ्ग स्थल सहितका भवनहरु नबनाइएको र खाली जग्गा नहुँदा समस्या भइरहेको बैठकले निचोड निकालेको छ ।
म्हानगरको टेकुस्थित व्यारेक नयाँ भवनलाई अन्य ठाँउमा स्थानान्तरण गरेर त्याहाँ पार्किङ् बनाउन सकिने विषयमा समेत छलफल भएको थियो ।
इञ्जिनियर प्रेमबहादुर श्रेष्ठलेबनाएको प्रस्तावको आधारमा मेयर शाक्यले टेकुमा पार्किङ्ग बनाउन सकिने प्रस्ताव बैठकमा पेश गर्नु भएको थियो ।

श्रेष्ठका डिजाइनमा करीब ६० करोड रुपैयाँ लगानीमा भवन बनाउन सकिनेछ । यसे भवनको हरेक तला १० हजार बर्गफुटठाँउ हुनेछ । भवनको डिजाइनमा जमिन र बेसमेन्ट गरी ८० वटा चारपाङ्ग्रे सवारी र १०० वटा मोटरसाइकल पार्किङ् गर्ने ठाउँ हुनेछ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  १० : २४ बजे