९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


‘मछिन्द्रनाथ मन्दिर पुनर्निर्माण गर्न नसक्दा इज्जत गयो’


१ चैत्र २०७६, शनिबार  

0
Shares

a’ËdtLdf dlR5Gb|gfy dlGb/ cnkq cj:yfdf . @ jif{ ^ dlxgf cl3 sfd z’? ePsf] eP klg cem} sf d k’/f ePsf] 5}g . czf]s b’nfn

१ चैत्र ०७६, ललितपुर । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले बुङमतिस्थित रातो मच्छिन्द्र मन्दिरको पुर्ननिर्माण गर्न नसक्दा इज्जत गएको बताउनु भएको छ ।
सार्वजनिक खरिद ऐन अन्तर्गत काम गरेकाले रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माणको अलपत्र परेको बताउदै उहाँले मन्दिर पुनर्निर्माणको विषयलाई लिएर श्रीलंकन सरकारका प्रतिनिधि तथा सरोकारवालालाई पटक पटक भेटेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘काम समयमा नसक्दा हामी सबैको इज्जत गएको छ , अब कुनै मतभेत हुनु हुदैन, कामले निरन्तरता पाउनुपर्छ ।’ उनले यो काममा राजनीतिक आग्रह पूर्वाग्रह नराख्न अनुरोध गर्नुभयो । ललितपुर महानगर वडा नं २२ वडा अध्यक्ष अम्बिरराज शाक्यले मन्दिर पुनर्निर्माणमा सबैको सहयोग आवश्यक पर्ने बताउँदै सहयोग गर्न अनुरोध गर्नुभयो ।
साथै हालै भूकम्पमा भत्किएको ललितपुरको रातो मछिन्द्रनाथ मन्दिरकोे पुनर्निर्माण गर्न उपभोक्ता समिति गठन गरिएको छ । पुनर्निर्माण अलपत्र अवस्थामा रहेको उक्त मन्दिरको अबको काम अघि बढाउन अमिर शाक्यको अध्यक्षतामा नौ सदस्यीय उपभोक्ता समिति गठन गरिएको हो । हालसम्म मन्दिर पुनर्निर्माणको काम २० प्रतिशत पनि भएको छैन ।
समितिको उपाध्यक्षमा माणिकराज शाक्य, सचिवमा मधुकर तुलाधर, कोषाध्यक्षमा रिता महर्जन रहेका छन् ।
मन्दिर पुनर्निर्माणले लामो समयसम्म गति लिन नसकेपछि आर्थिक सहयोग गरेको श्रीलंकन सरकारले गतडिसेम्बरमा मन्दिर पुनर्निर्माणको कामबाट हात झिकेको थियो । यो मन्दिर २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको थियो । ठेकेदार कम्पनीले समयमा काम पुरा नगर्दा मन्दिर पुनर्निर्माणको काम अलपत्र थियो ।
श्रीलंकन सरकारले हात झिके लगत्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले क्षतिग्रस्त मन्दिरको पुनर्निर्माणका लागि उपभोक्ता समिति गठन गर्न ललितपुर महानगरपालिकालाई पत्र पठाएको थियो ।
उक्त पत्रलाई आधार मानेर ललितपुर महानगरपालिकाले समिति गठनको लागि अगुवाई गरेको हो । ललितपुर महानगरपालिका वडा नं २२ मा रहेको उत्तः मन्दिर रहेको छ ।
सार्वजनिक खरिद ऐन अन्तर्गत ठेक्का प्रक्रिया मार्फत उक्त कम्पनीले काम पाएको थियो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उक्त ऐन अन्तर्गत काम गर्दा गुणस्तरीयता काम हुने, ठेकदारले समय काम नसक्ने बताउँदै आएका छन् ।
कार्यक्रममा संघीय सांसद पम्फा भुसालले रातो मछिन्द्रनाथको मन्दिरको अलपत्र परेको पुनर्निर्माणलाई गति दिन धेरै छलफल गरेको बताउनु भयो । यस मन्दिरको पुनर्निर्माणमा आफूले सक्दो सहयोग गर्ने उहाँको भनाई छ । काठमाडौंको रानीपोखरी र ललितपुरका रातोमछिन्द्र नाथको मन्दिर ऐतिहासिक महत्व र उपत्यकाको पहिचान भएपनि समयमा पुनर्निर्माण गर्न नसकेको र ललितपुरको बुङमतीमा विशेष प्रकृतिका सम्पदा भएको बताउँदै तिनको प्रचारप्रसार गर्नु पर्ने उहाँको तर्क छ ।
प्रदेश सांसद जीवन खड्काले मन्दिर पुनर्निर्माणका लागि सक्दो सहयोग गर्ने बताउनु भयो । ललितपुरका सम्पदा नेपालको समेत पहिचान भएको उहाँको भनाई थियो ।

स्थानीय तहको निर्वाचन हुनु अघि ठेकेदार कम्पनीसँग मन्दिर पुनर्निर्माणको लागि सम्झौता भएको थियो । कम्पनीले ५ करोड लागतमा उत्तः मन्दिरको निर्माण गर्न सम्झौता गरे पनि काम बिचमै छोडेको थियो ।
२०७२ सालको भूकम्प सुरक्षा दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीबाट पुनर्निर्माणको अभियान थाल्नु भएको थियो भने प्रधानमन्त्री केपी शर्मा ओल्ले रातो मछिन्द्रनाथबाट अभियान सुरु गर्नुभएको थिए ।
उपभोक्ता समिति गठन गर्न पत्र आएपनि यसको लागत ,त्यो लागत कुन निकायले व्यहोर्न टुंगो लागेको छैन । मन्दिरको लागत स्टमेट भने पुरातत्व विभागले गर्ने छ । दुई वर्ष्भित्र काम सक्ने गरी ठेक्का पाएको थियो ।
मछिन्द्रनाथलाई सहकालका देवताको रुपमा पुजिन्छ । उपत्यकाकै पृथक र ऐतिहासिक महत्व बोकेको जात्राको रुपमा लिइन्छ ।

शनिवार नै सल्लाहकार समिति समेत गठन गरिएको छ । ।उक्त समितिमा संघीय सांसद पम्फा भुसाल, प्रदेश सासंद जीवन खड्का, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य,उद्योग वाणिज्यसंघ ललितपुरका कृष्णलाल महर्जन,यल ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन, ज्यापु समाजका पूर्व अध्यक्ष कुलाल डंगोल, काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टका डा.रोहित रंजितकार,संस्कृतिविद् डा प्रेम खत्री लगायत छन् ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ५ : ५० बजे