२० आश्विन २०८१, आइतबार | Mon Oct 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यका बाहिरबाट आएको मान्छे लुकाउने घरबेटीलाई कारवाही


४ जेष्ठ २०७७, आइतबार  

0
Shares


४ जेठ ०७७, काठमाडौं ।  बूढानीलकण्ठ नगरपालिका वडा नं १३ ले वडाभित्र काठमाडौँ उपत्यका बाहिरबाट आएका व्यक्तिको सूचना लुकाउने घरबेटीहरुलाई कारवाही गर्ने भएको छ ।
वडा कार्यालयले आज सूचना जारी गरी होटल र भट्टी पूर्णरुपमा बन्द गर्न आह्वान गर्दै खाद्यान्न पसल बिहान ९ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म मात्र खोल्न दिइने बताएको छ । साथै सबै खाद्यान्न, मासुजन्य र तरकारी पसलमा मूल्यसूची ग्राहकले देखिने गरी टाँस गर्न पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ९ : ४२ बजे