९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कपन क्षेत्रमा कोरोना सतर्कता


५ जेष्ठ २०७७, सोमबार  

0
Shares

तस्विर श्रोत ः रावल विनय

५ जेठ ०७७, काठमाडौं कपन । काठमाडौँ, बूढानीलकण्ठ नगरपालिका वडा नं १२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएसँगै सो क्षेत्र सिल गरी अन्य क्षेत्रमा विशेष सतर्कता अपनाइने भएको छ । बूढानीलकण्ठ– १०, ११ र १२ ले आज संयुक्त विज्ञप्ति जारी गर्दैँ कोरोना संक्रमण देखिएको १२ नं वडा बन्द गर्ने र अन्य क्षेत्रमा विशेष सतर्कता अपनाउने जनाएका छन् । कपन क्षेत्रका तीन वडाले पनि उक्त क्षेत्रमा खुला तरकारी तथा फलफूल बिक्रीवितरण पूर्ण रोक लगाउने निर्णय गरेका छन् ।
बन्दाबन्दीका बेला कुनै वडाभित्र बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सूचना नदिई लुकाइछिपाई गरेमा त्यस्ता व्यक्ति तथा घरधनीलाई कारबाही गरिने चेतावनी दिइएको छ । सूचना दिने व्यक्तिलाई प्रोत्साहनस्वरुप रु पाँच सय दिने व्यवस्थासमेत छ । यसैगरी सो क्षेत्रका मासु पसल पूर्ण रुपमा बन्द गर्ने निर्णय गर्दै अत्यावश्यक सेवा प्रदान गर्ने सवारी साधनले मानिस ओसारपसार गरेको पाइएमा कारबाही गरिने जनाइएको छ ।
अत्यावश्यक नभई विनाकाम घर बाहिर निस्केको तथा हिँडडुल गरेको थाहा भएमा कानूबमोजिम बन्दाबन्दी उल्लंघन गरेको ठहर गरी रु पाँच सय जरिवानासहित कारबाही अघि बढाइने बताइएको छ । साथै नगरपालिकाले तोेकेकोबाहेकका व्यवसाय तोकिएको समयबाहेक अन्य बेला सञ्चालन गरेमा कानूनबमोजिम कारवाही तथा रु एक हजार जरिवाना गरिने नगरपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  १० : २४ बजे