१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार

विदेशमा रहेका चन्द्रागिरीका बासिन्दाको लगत सङ्कलन शुरु

१७ जेष्ठ २०७७, शनिबार  

0
Shares

१७ जेठ ०७७, चन्द्रगिरी । चन्द्रागिरि नगरपालिकाले विदेशमा रहेका चन्द्रागिरिका बासिन्दाको लगत सङ्कलन कार्य शुरु गरेको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्यद्धारमा रहेको चन्द्रागिरि नगरपालिकाले बन्दाबन्दी खुलेसँगै छिमेकी मुलुक भारत र विभिन्न देशबाट आउने व्यक्तिबाट कोरोना सङ्क्रमण फैलन सक्ने कुरालाई मध्यनजर राख्दै लगत सङ्कलन कार्य शुरु गरेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले विदेशबाट आउने व्यक्तिबाट कोरोना सङ्क्रमण फैलन नदिन लगत सङ्कलन कार्य शुरु गरिएको जानकारी दिनुभयो । “विदेशबाट आउने व्यक्तिको तथ्याङ्क सङ्कलन गरी क्वारेन्टिनको उचित व्यवस्थापन गर्नका लागि लगत सङ्कलन शुरु गरेका हौँ”, उहाँले भन्नुभयो ।

अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार सङ्घीय संसद्का दुवै सदनमा आर्थिक वर्ष २०७७÷७८ को बजेट वक्तव्य प्रस्तुत गर्दै विदेशमा रहेका स्वदेश फर्कन चाहने नेपालीलाई सहजीकरण गर्ने बताउनुभएको थियो ।

सरकारले स्वेदश फर्कन चाहने व्यक्तिको नामथर, स्थायी ठेगाना, स्वदेश फर्कन चाहने नागरिकको बसोबास रहेको देशको ठेगाना, स्वदेश फर्कन चाहने नागरिकको नेपालमा रहेका आफन्तको नामथर र सम्पर्क नम्बर उपलब्ध गराउन सबै स्थानीय तहलाई अनुरोधसमेत गरेको छ ।

चन्द्रागिरिले हाल नगर अस्पताल, मनमोहन अस्पताल र विभिन्न विद्यालयमा १०० श्ययाको क्वारेन्टिन निर्माण गरेको छ । चन्द्रागिरिले नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सशस्त्र प्रहरी बल अस्पताल बलम्बुको सहकार्यमा कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । चन्द्रागिरिमा पाँच जना कोरोना सङ्क्रमण भेटिए पनि सबै व्यक्ति निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ११ : १५ बजे