१८ मंसिर २०८१, मंगलबार | Wed Dec 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आजको तस्विर ः खुलामञ्चमा सुके रुख


२४ जेष्ठ २०७७, शनिबार  

0
Shares

खुलामञ्चमा सेकेका रुख । तस्विर ः ललितपुर खबर

२५ जेठ ०७७, रत्नपार्क काठमाडौं । शुक्रबार नेपाल सहित संसारभर ४८ औं अन्र्तराष्ट्रिय वातावरण दिवस धुमधामसँग मनाइयो । यसै क्रममा काठमाडौंका विभिन्न खुला ठाँउमा वृक्षारोपण समेत गरियो ।
बढ्दो शहरीकरणपछि काठमाडौं खुलामञ्चस्थित वसपार्कमा भने रुखहरु सुक्र्दै गएको अवस्थामा भेटिएको छ । रुख विरुवा सुकेपछि कुनै दिनको हराभरा खुलामञ्च आज उराठलादो छ ।
केही बर्षअघि पुरानो वसपार्क रहेको स्थानमा बहुतले भवन निर्माण शुरु भएपछि यहाँ वसपार्क सारिएको थियो । यो खुलामञ्चमा रानीपोखरी र दरवार स्कूल बनाउनका निर्माण सामाग्री र कार्यालयका लागि स साना झुपडी बनाइएको छ ।
राजधानीमा आयोजना हुने ठूला सभा समारोह लागि प्रयोग हुने यो खुलामञ्चको चारैतिर रुखै रुख थिए । यिनै रुख वरिपरि कालोपत्रे गरेर वस पार्क बनाइएपछि धमाधम रुख मर्न थालेका हुन् ।।
बढ्दो शहरीकरणका कारण वातावरणमा परेको प्रभाव र यसको चपेटाबाट पर्यावरणलाई बचाउनु चुनौती देखिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ११ : १५ बजे