२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


पर्यटन बोर्डद्वारा उत्कृष्ट पाँच तस्विर घोषणा( तस्विरहरु)


२२ असार २०७७, सोमबार  

0
Shares

तस्विर ः उमेश स्थापित

२२ असार ०७७, काठमाडौं । नेपाल पर्यटन बोर्डले आयोजना गरेको झ्यालबाट देखिने सुन्दर फोटो प्रतियोगितामा पाँच उत्कृष्ट फोटो छनोटको घोषणा गरेको छ ।

तस्विर ः शाम्दे शेर्पा

बन्दाबन्दीमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ बोर्डले आयोजना गरेको झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगितामा सहभागी ७०० भन्दाबढी फोटोमध्ये उत्कृष्ट पाँच छनोट गरिएको हो ।

तस्विर ः प्रविण श्रेष्ठ

उत्कृष्ट पाँचमा छनोट भएका फोटोग्राफर प्रविन श्रेष्ठ, उमेश स्थापित, सुशील पौडेल, साम्दे शेर्पा र कमल कँडेल रहेको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ । प्रतियोगिताको मुख्य निर्णायकमा वरिष्ठ फोटोपत्रकार नरेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो ।

तस्विर ः कमल कडेल

प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा केही पनि सान्दर्भिक तस्बिर अनलाइनबाट पठाउन अनुरोध गरिएको थियो । बोर्डको फोटो अभियानको साइट जततउकस्ररउजयतयलभउब.ितचबखभ िमार्फत प्रतियोगितामा सहभागिता जनाइएको थियो ।

तस्विर ः सुशील पौडेल

विजयीलाई जनही रु १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले विजयीलाई बधाई एवं सहभागीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि बोर्डको नेपाल प्रवद्र्धन गर्ने अभियानमा सहभागी हुन अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ८ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।