१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा कांग्रेस पूर्वसभापतिको भेला ः नेतृत्वको विकल्प खोजी


६ श्रावण २०७७, मंगलबार  

0
Shares


६ साउन ०७७,भक्तपुर । नेपाली काँग्रेसको १४ आँै महाधिवेशनको मिति तय भएपछि केही पूर्वसभापतिको भेला भक्तपुरमा सम्पन्न भएको छ । देशव्यापी रुपमा सञ्चालन गरिने भेलाको आज भक्तपुरबाट शुरुआत गर्दै भेलामा सहभागी काँग्रेस पूर्वसभापति तथा भ्रातृ सङ्गठनका पूर्वएवं वर्तमान सभापतिले पार्टीको वर्तमान नेतृत्व पूर्णरुपमा असफल भएको जनाउँदै विकल्प खोज्ने निष्कर्ष निकालेका छन् ।
भेलामा उपस्थितहरुले शेरबहादुर देउवाको नेतृत्व पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेका छन् । “मुलुकमा नेकपा नेतृत्वको सरकारले गरेको विभिन्न असंवैधानिक कामको विरोध गर्न नसक्नु, भ्रष्टाचार र जातीय विभेदका घटना बढ्दा पनि विरोध गर्न नसक्नु, प्रेस स्वतन्त्रतामाथि आक्रमण हुँदा मौन बस्नु, न्यायालय र संवैधानिक अङ्गलाई समेत आक्रमण गर्दा पनि देउवा नेतृत्वको कांग्रेसले कुनै विरोध नजनाउनु नै नेतृत्व असफलता रहेको” भेलामा सहभागीको तर्क थियो ।
नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थको सभापतित्वमा भएको भेलामा १४ औंँ महाधिवेशनमा वर्तमान नेतृत्वको विकल्प खोज्न पार्टी सभापति देउवा इतरका आठ नेताले सहमतिबाट एक मात्रै सभापतिको उम्मेदवारी दिने निर्णय गर्नुपर्ने धारणा सहभागीले राखेका थिए ।
भेलामा तीर्थराम डङ्गोल काठमाडौंँ, रामचन्द्र खड्का रामेछाप, बालचन्द्र पौडेल रसुवा, मोहन बराल सिन्धुली, लक्ष्मण राय सर्लाही, भूपेन्द्र थापा सिन्धुपाल्चोक, हर्षजीत लामा पूर्वसांसद, नेपाल किसान संघका सभापति भानु सिग्देल, नेपाल शिक्षक युनियनका अध्यक्ष मोहन ज्ञवाली, स्ववियू पूर्वसभापति विनिता अधिकारी, नेविसंघ पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईँ, युवा नेता अष्ट कवेँलगायत नेताले आआफ्नो धारणा राखेका थिए ।
भेलामा २५ जिल्लाका पूर्वसभापति, भ्रातृ सङ्गठनका वर्तमान र पूर्वअध्यक्ष एवं विभिन्न सङ्गठनका पदाधिकारी, पूर्वसांसदलगायतको सहभागिता रहेको बताउँदै कार्यक्रमका सभापति कायस्थले काठमाडौँ उपत्यकाबाट शुरु भएको भेला सातै प्रदेशमा सञ्चालन गर्दै वर्तमान नेतृत्वको विकल्प खोजिने बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ८ : ०७ बजे