१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरले सडकमा स्मार्ट बत्ती बाल्ने


१३ श्रावण २०७७, मंगलबार  

0
Shares

स्र्माट बत्तीको उद्घाटन गर्दै मेयर चिरीबाबु महर्जन ।

१३ असार ०७७, ललितपुर । ललितपुर महानगरपालिकाका मुख्य सडकमा स्मार्ट सडक बत्ती जडान गरिने भएको छ । यात्रुको सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा उक्त बत्ती जडान गर्न लागिएको हो ।
कुपण्डोलस्थित नबिल बैंकअगाडि आज स्मार्ट सडक बत्तीको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरका तीनवटा सडकमा कूल छ सय ६९ स्मार्ट सडक बत्ती जडान गर्न लागिएको बताएका छन् । उनले भने, “हामीले वाग्मतीको पुलबाट जावलाखेल, लगनखेल हुँदै सातदोबाटो, हिमालयन होटल, पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मङ््गलबजार लगनखेल र पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्काेसम्म सडक बत्ती जडान गर्न लागेका हाँै ।” ललितपुरमा रहेका छ पालिकामध्ये सो सडक बत्ती जडान गर्ने यो पहिलो पालिका रहेको उनले दाबी गरे ।
महानगरपालिकाका उपप्रमुख गीता सत्यालले स्मार्ट सडक बत्ती सोलारभन्दा कम खर्चमा जडान हुने बताइन् । उनले भनिन, “यो बत्ती निकै प्रभावकारी छ । यस बत्तीलाई कम्प्युटरको सहायताले सर्भर कक्षबाट नियन्त्रण गरिनेछ ।” क्रम्टन महावीर जेभीले सडक बत्ती जडानको जिम्मा लिएको सत्यालले जानकारी दिएकी छिन्।

सो बत्ती जडान शुरु गरेको ४५ दिनमा परियोजना सम्पन्न गर्ने योजना महानगरपालिकाको छ । २०७६ भदौ २ गते सम्झौता भएको उक्त परियोजनामा महानगरपालिकाको कूल रु पाँच करोड २० लाख लाग्ने जनाइएको छ । महानगरपालिकाका यी क्षेत्रहरुमा पहिलो चरणमा बत्ती जडानको काम सम्पन्न भएसँगै दोस्रो चरणमा अन्य थप वडाहरु बुङ्मती, खोकना, सुनाकोठी, धापाखेल र हरिसिद्धि जडान गरिने बताइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ८ : ४० बजे