
२४ साउन ०७७, काठमाडौं । गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ६२ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ललितपुर भक्तपुर र काठमाडौं गरेर ३ जिल्लामा गत २४ घण्टाभित्र यो फेला परेको संख्या हो ।
साथै देशका विभिन्न जिल्लामा ३ सय ७८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । गत २४ घण्टामा कोभिड–१९ बाट तीन जनाको मृत्यु भएको गौत्तमले जानकारी दिएका छन् । अहिलेसम्म कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ७३ जना पुगेको छ ।
ढकालले भने, “सक्रिय सङ्क्रमित छ हजार २ सय ६ मध्ये प्रदेश नं १ मा ४ सय ७८, प्रदेश नं २ मा दुई हजार ९ सय २९, वाग्मती प्रदेशमा एक हजार २९, गण्डकी प्रदेशमा २ सय ४२, प्रदेश नं ५ मा ३ सय ९०, कर्णाली प्रदेशमा १ सय ६३ र सुदूरपश्चिम प्रदेशमा ९ सय ७५ सक्रिय सङ्क्रमित रहेका छन् ।”
हालसम्म विश्वभर एक करोड ९५ लाख ४९ हजार ९०१ कोभिड–१९ बाट सङ्क्रमित छन् । सात लाख २४ हजार १८६ व्यक्तिको मृत्यु भइसकेको छ र एक करोड २५ लाख ७० हजार ६३१ व्यक्ति यस रोगबाट निको हुनुभएको छ । पछिल्लो २४ घण्टामा सात हजार ७८८ जनाको पिसीआर परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । हालसम्म जम्मा चार लाख ३५ हजार २८९ परीक्षण भएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या १० हजार ७९२ छ ।
गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या ४९९ जना छन् । हालसम्म डिस्चार्ज हुने १६ हजार ३१३ छन् । पिसीआर सात हजार ८८८ जनामा परीक्षण गरिएको छ । सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी सात जिल्ला छन् ।








प्रतिक्रिया