१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा थपिए ४ सय २९ कोरोना सङ्क्रमित


१४ भाद्र २०७७, आइतबार  

0
Shares

१४ भदौं ०७७, काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभर आज (आइतबार) अहिलेसम्मकै धेरै कोरोना भाइरसको सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार २ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ३ सय ४८ महिला र ८ सय ७३ पुरुष छन् ।
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय २९ कोरोनाका सङ्क्रमित भेटिएका छन् । तीमध्ये काठमाडौँमा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ सङ्क्रमित देखिएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसअघि सबैभन्दा बढी देशभर एकै दिन एक हजार १ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौँ उपत्यकामा पनि आजको कोरोना सङ्क्रमितको सङ्ख्या हालसम्मकै बढी हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज १२ हजार ७ सय १७ जनामा पीसीआर परीक्षण भएकामा काठमाडौँसहित देशभर उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म छ लाख ८२ हजार ३ सय ४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ५ सय१८ रहेको छ । संस्थागत आइसोलेसनमा १० हजार ६ सय १२ जना रहेका छन् । होम आइसोलेसनमा रहेकाको सङ्ख्या छ हजार ९ सय छ । आज देशभर सात हजार ७ सय ९७ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा थप २६ सय ७ कोरोना जितेर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या २० हजार ८ सय २२ पुगेको छ ।

कोरोनाका कारण आज थप १४ जनाको मृत्यु भएको छ । त्यसमा चार महिला र १० पुरुष छन् । मृत्यु भएका चार महिलामध्ये सुनसरीका ७४ वर्षीया, बाराका ४७ वर्षीया, महोत्तरीका ६२ वर्षीया र काठमाडौँका ७२ वर्षीया छन् । त्यसैगरी मृत्युभएका पुरुषमध्ये सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० वर्षीय र ३५ वर्षीय तथा रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय तथा रुपन्देहीका ५७ वर्षीय र ६७ वर्षीय रहेका छन् । हालसम्म २ सय २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ७ : ०५ बजे