१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


शनिबार दिनभर काठमाडौंमा बत्ती जाने


२० भाद्र २०७७, शनिबार  

0
Shares

फाइल तस्विर

२० भदौ ०७७, काठमाडौं । शनिबार राजधानीको वालाजु वितरण केन्द्र अन्र्तगत विष्णुमती फिडरबाट वितरित विद्युत् काटिने भएको छ । विहान ९ बजेबाट काटिने विजुली दिउसो ३ बजे मात्र आउने विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

काठमाडौं महानगरपालिकाको १५ र १६ वडाअन्र्तगत चक्रपथ क्षेत्रमा विद्युतीय संरचना निर्माण  गर्ने भन्दै प्राधिकरणले विधुत् सेवा अवरुद्ध गर्न लागेको हो ।

इस फिडर अन्तर्गत वितरित स्थानहरु वनस्थलि, गगाहल, माछापोखरी, बालाजु वाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुल लगायतका सम्पुर्ण  क्षेत्रहरुमा विद्युत् अवरुद्ध हुनेछ ।

विद्युतीय संरचना निर्माण गर्ने काम समयमै सम्पन्न भए ३ बजे अगाडि नै विद्युत् जोडिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ९ : १८ बजे