१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा एकै दिनमा तयार भयो २२५ शैयाको आइसोलेसन


२२ भाद्र २०७७, सोमबार  

0
Shares

क्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको कलेज भवन, यहाँ सोमबार एकदिनमा नेपाली सेनाको वीरदल गण सूर्यविनायकले १५० शैययाको आइसोलेसन तयार पारेको छ । तस्वीर ः रमेश गिरी/रासस

२२ भदौं ०७७, भक्तपुर । नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकै दिनमा २२५ श्ययाको आइसोलेशन वार्ड तयार पारेको छ । कोरोनाको महामारी बढ्दै गएपछि अग्रभागमा रहेर काम गर्ने सेना र तिनका आश्रित परिवारमा कोरोना सङ्क्रमण भए उपचारका लागि राख्न आइसोलेशन वार्ड तयार पारेको हो ।
नेपाली सेनाको उपत्यका पृतनाअन्र्तगत वीरदल गणले एकै दिनमा सैनिक आवासीय महाविद्यालय सल्लाघारीस्थित क्याम्पसको बिबीए ब्लकमा १ सय ५० र गणमा ७५ श्यया गरी कुल २सय२५ श्ययाको आइसोलेशन वार्ड तयार पारेको हो । गणका गणपति प्रमुख सेनानी शिवप्रसाद पौडेलले माथिबाट निर्देशन प्राप्त हुने बित्तिकै गणको टिमले महाविद्यालयको भवनको २५ कोठामा प्रति कोठा छदेखि १० सम्म बेड रहेको १ सय ५० श्ययाको आइसोलेशन वार्ड एकदिनमा तयार पारेको बताएका छन् ।
यहाँ भोली(मंगलबार)देखि नै सङ्क्रमित सैनिकलाई राखेर उपचार शुरु गर्ने भएको छ भने सूर्यविनायकस्थित वीरदल गणमा तयार पारेको ७५ श्यया क्षमताको आइसोलेसन भने आजै सङ्क्रमित सैनिकले भरिएको उनले जानकारी दिए ।
आइसोलेसनको व्यवस्थापन र सुरक्षाको जिम्मेवारी सेनाको उपत्यका पृतनाअन्तर्गतको वीरदल गणले गर्ने भएको छ । चिकित्सकीय सहितको स्वास्थ्यकर्मीको टोली, फोहोर व्यवस्थापन, खानपिनमा भने नेपाली सेनाको विरेन्द्र अस्पताल छाउनीले व्यवस्थापन गर्ने भएको छ । सैनिकका दुईवटै आइसोलेसनमा चिकित्सक पाँच÷पाँच जनाको स्वास्थ्य टोली परिचालन भएको छ ।
कोरोना सङ्क्रमण बढ्दै जाँदा उपत्यकाका अस्पतालमा आइसोलेसन अभाव हुदै गएपछि नेपाली सेनाले सैनिकका लागि छुट्टै तयार पारेको हो । प्रमुख सेनानी पौडेलले भने, “उपत्यकामा आइसोलेसनको अभाव हुदै गएको छ, यो अवस्थामा सङ्क्रमित सेना र आश्रित परिवारलाई छुट्टै व्यवस्था गर्न सके उनीहरुले ओगटेको आइसोलेसन सर्वसाधारणका लागि प्रयोग गर्न थप सहयोग हुन्छ भनेर यो तयार भएको हो ।”
यसअघि पनि चीनको वुहानबाट सरकारले उद्धार गरी ल्याएका विद्यार्थी राख्न खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा २ सय जना क्षमताको क्वारेन्टिनलाई २ सय ८ श्ययाको आइसोलेसन, सानोठिमीको प्राविधिक प्रशिक्षण केन्द्र र युसेप तथा बोडेको कृषि विकास बैंकको भवनमा आइसोलेसनको व्यवस्थापन पनि वीरदल गणले नै गरेको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ६ : ५४ बजे