१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मकवानपुरको बकैयामा झरनालाई एक कठ्ठा जमीन


२५ भाद्र २०७७, बिहिबार  

0
Shares


२५ भदौं ०७७, मकवानपुर । मकवानपुरस्थित बकैया गाउँपालिकाले साहित्यिक संस्था झरना साहित्यिक परिवारलाई भवन निर्माण गर्नका लागि एक कठ्ठा जमीन दिने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा बसेको आजको बैठकले बकैया– ४ जुरेली हाटबजारको उत्तरतर्फ कार्यालय भवन बनाउन जमीन उपलब्ध गराउने निर्णय गरेको हो ।
उक्त जमीनमा संस्थाको मुख्य कार्यालयसहित सभागृह तथा पुस्तकालय निर्माण गरिने परिवारका अध्यक्ष दीपक गौतमले जानकारी दिएका छन् । बकैया गाउँपालिकालाई केन्द्रविन्दु बनाएर परिवारले जिल्ला, प्रदेश तथा देशव्यापी कार्यक्रम गर्ने गौतमको भनाइ छ । गाउँपालिका अध्यक्ष खनालले अन्य थप सहयोग गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहिबार  ४ : ३७ बजे