१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


माहाँकाल गाँउपालिकाका कर्मचारीलाई कोरोना, कार्यालय सिल


२६ भाद्र २०७७, शुक्रबार  

0
Shares


लपु संवाददाता
२६ भदौं ०७७, ललितपुर । दक्षिण ललितपुरको महाँकाल गाँउपालिकामा काम गर्ने एक कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।
गाँउपालिककै कर्मचारीलाई कोरोना लागेपछि भाद्र २७ गतेदेखि कार्यालय सिल गरिएको गाँउपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताएका छन् । अध्यक्ष दाहालले भने, ‘संक्रमित कर्मचारीसँग नजिक बसेका व्यक्तिहरुको कोरोना परिक्षण र त्यसको रिपोर्ट नआउन्जेललाई गाँउपालिकाको कार्यालय सिल हुनेछ ।’
कार्यालयमा सुव्वा पदमा कार्यरत उनको उमेर भने खुलाइएको छैन ।
साथै गाँउपालिकाका ती कर्मचारीसँग पछिल्लो समय नियमित सम्पर्क भएका वरपरका स्थानीयबासीहरुलाई कोरोना परिक्षणका लागि सम्पर्क गर्न एक सूचना प्रकाशित गरेर आह्वान गरिएको छ । साथै सुचनामार्फत सेल्फ आइसुलेसनमा बसेर एक अर्कामा कोरोना सर्ने खतराबाट बच्न बचाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ८ : १७ बजे