१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


‘पत्रपत्रिका तथा छापाखाना दर्ता शुक्रबार मात्र’


२ आश्विन २०७७, शुक्रबार  

0
Shares


०२ असोज ०७७, ललितपुर । ललितपुरमा पत्रपत्रिका तथा छापाखाना दर्ता र विद्यान संशोधन शुक्रबार मात्र गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गरेका मापदण्डहरु अपनाई सेवा प्रवाह गर्ने जनाएको छ ।
सहायक प्रजिअ ललितकुमार बस्नेतका अनुसार प्रत्येक सेवामा दिनको २० जना भन्दा बढि सेवाग्राही नबढ्ने गरी नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नावालिग परिचयपत्र, राहदानी र हातहतियार दर्ता नविकरण आदि गरिनेछ । महानगरमा आइतबार र सोमबार, ललितपुरका तीन गाउँपालिकामा मङ्गल र बुधबार अनि गोदावरी र महालक्ष्मी नगरपालिकामा बिहि र शुक्रबार लिन सकिने उल्लेख गरिएको छ । यसैगरी सङ्घसंस्था दर्ता सोमबार, बुधबार र सङ्घसंस्था नविकरण आइत, मङ्गल र बिहिबार गरिने छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १ : ५९ बजे