१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरीमा ‘बिजनेस क्लिनिक’ शुभारम्भ


३ आश्विन २०७७, शनिबार  

0
Shares


३ असोज ०७७, चापागाँउ । गोदावरी उद्योग वाणिज्य सङ्घले व्यापार तथा व्यवसाय पदोन्नतिका लागि ‘बिजनेस क्लिनिक’ सञ्चालनमा ल्याएको छ । गोदावरी नगरपालिका–११ चापागाउँमा रहेको सङ्घ कार्यालयमा आज सो क्लिनिक शुरु गरिएको हो ।
नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले क्लिनिकको उद्घाटन गर्दै क्लिनिक उद्यम गर्न चाहनेहरुका लागि सहयोगी हुने विश्वास व्यः गरे । महर्जनले भने, “ क्लिनिकको सहायताले स्थानीय बासिन्दाहरुलाई अब म केही गर्छु भन्ने मनोबल बढाउने छ ।” हरेक मानिसमा केही गरेर पैसा कमाउने सोच हुने हुँदा क्लिनिकले सफलता दिलाउन अहम् भूमिका खेल्ने महर्जनको बुझाइ छ ।
वडा नं ११ का वडाध्यक्ष नीलबहादुर देशारले चापागाउँ ललितपुरको तीन गाउँपालिकाका साथै काँठ क्षेत्रको केन्द्र रहेको यस क्लिनिक ललितपुर बासीलाई सहयोगी हुने बताए । गोदावरी इकोनमी फोरमका संयोजक डा रघुवीर विष्टले गोदावरीमा थुप्रै स्रोतसाधन रहँदा यसको विकासमा क्लिनिकले ज्ञान आदानप्रदान गर्न र अन्योल हटाउन मद्दत गर्ने दाबी व्यm गरे ।
सङ्घका अध्यक्ष जगनाथ महर्जनले विभिन्न कारणवश व्यवसायमा समस्या भोगिरहेका वा अझ यसलाई थप माथि पु¥याउन चाहने व्यक्तिलाई सम्पर्क गरेर अघि बढ्न अनुरोध गरेका छन् । उनले भने, “हामीसँग व्यवसाय सम्बन्धित विज्ञ हुँदा छलफल गरेर व्यापारमा अघि बढ्नु नै फलदायी हुनेछ ।” क्लिनिकमा कानूनविद्, व्यवस्थापन परामर्शदाता, चार्टर्ड एकाउन्टेन्ट र बजार विशेषज्ञले राय र सल्लाह दिने व्यवस्था गरिसकेको महर्जनले जानकारी दिए ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ७ : ५१ बजे