१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेका विद्यालयमा पढाई शुरु


७ आश्विन २०७७, बुधबार  

0
Shares


७ असोज०७७,काभ्रे ः कोरोना संक्रमणका कारण ६ महिनादेखि काभ्रेका विद्यालयहरु सञ्चालनमा आएका छन् । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाका अभिभावक, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाहरुसँग छलफलपछि विद्यालयमा पढाई सुरु गरिएको हो ।
भौतिक दूरी कायम गरेर सञ्चालन गरिएकोे नगरप्रमुख महेश खरेलले बताएका छन् । ‘एक बेञ्चमा एक जना राखेर पढाई शुरु गरेका छौं,’ नगरप्रमुख खरेलले भने ।
अहिले पाँचखाल नगरपालिकामा ३९ सामुदायिक र ११ निजी विद्यालय चलिरहेका छन् । कक्षा सञ्चालनका लागि जोर विजोर प्रणाली अपनाइएको छ । सबै विद्यार्थीका लागि नगरपालिकाले माक्स वितरण गरेको छ भने साबुन खरिद गर्न विद्यालयलाई अनुदान दिएको छ ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरेको थियो । काभ्रे जिल्लाका अरु नगर र गाँउपालिकालेपढाईको तयारी थालेका छन् ।
सहरी क्षेत्रका विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका छन् भने ग्रामिण भेगका सामुदायिक विद्यालयले रेडियो कक्षा, प्रत्यक्ष सिकाइ सहजिकरणमा जोड दिएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ८ : २३ बजे