१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका सहकारीकर्मी बस्नेतद्वारा आफैलाई कोरोना भएको सार्वजनिक


८ आश्विन २०७७, बिहिबार  

0
Shares


८असोज ०७७, ललितपुर । जिल्ला सहकारीसंघ ललितपुरका उपाध्याय रामशरण बस्नेतले आफूलाई कोरोना संक्रमण भएको खुलसा गरेका छन् ।
विहीबार सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको भन्दै आफ्नो सम्पर्कमा आएका आफन्त साथीभाईहरुलाई एक पटक पिसिआर परिक्षण गर्न सुझाएका हुन् ।
बस्नेतले श्रीमती सहकारी बैक लगनखेल शाखाका प्रबन्धक रमा घिमिरे र छोरी रिधिमालाई समेत कोरोना संक्रमण भएको सार्वजनिक गरेका हुन् ।
बस्नेतलेखेका छन्–
कोरोना भाइरस सोचे जस्तो होइन रहेछ । यो सामान्य रुघाखोकि जस्तै हो लकडाउनले देशको आर्थिक अवस्था कमजोर वनायो खोल्नु पर्छ भनेर आफु संलग्न संघरसंस्थाहरु निरन्तर खोलियो पनि।कोरोनाको डरको कारणले एक दिन पनि घरमा वसिएन।आफ्नो काम र नियमीत सेवामा रमाइरहदा यति खेर म लगायत हाम्रो परिवार संक्रमित भएका छौं।सामान्य रुघाखोकि र ज्वरोको लक्षण भन्दा वढि केहि छैन।अरु विमारि हुदा व्यक्तिगत रुपमा आफुलाई मात्र असर पर्थ्यो भने त्रासको कारण यसवाट आफन्त, इष्टमित्र र समाजलाई पनि पर्दो रहेछ।फेरि खुशीको कुरा म अव संक्रमण मुक्त भइसके पछि कोरोना भाइरसको कारण मृत्यु संग लडिरहेको कोहि साथीलाई वचाउन सक्ने अवस्थामा छु।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  २ : १७ बजे