११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा अहिलेसम्म कोरोनाबाट ७९ को मृत्यु


१८ कार्तिक २०७७, मंगलबार  

0
Shares

१८ कात्तिक ०७७, ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या छ हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको सङ्ख्या छ हजार ३ सय १६ पुगेको हो ।

अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ ।
जिल्लामा कूल कोभिड सङ्क्रमित सङ्ख्या आठ हजार ८ सय १० पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४ सय १५ पुगेको कार्र्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताएका छन् ।
यसैगरी ललितपुर महानगरपालिकामा कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या तीन हजार ८ सय ६१ र मृतकको सङ्ख्या ३५ पुगेको ¥यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङले बतइन्े । गुरुङ्गले भनिन्, “महानगरपालिकामा हालसम्म कूल कोरोना सङ्क्रमित सङ्ख्या पाँच हजार ४४२ पुगेको छ भने सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ५४६ पुगेको छ ।”
महालक्ष्मी नगरपालिकामा कोभिड सङ्क्रमणबाट मुक्त भई स्वास्थ्यलाभ गर्नेको सङ्ख्या ८ सय १ र मृतकको सङ्ख्या छ पुगेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले जानकारी दिए । पोखरेलले भने “यहाँ अहिलेसम्म कूल कोरोना सङ्क्रमित सङ्ख्या एक हजार १५४ र सक्रिय सङ्क्रमित सङ्ख्या ३४७ पुगिसकेको छ ।”
गोदावरीमा अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४ सय ३५ र मृत्यु हुने नगरवासीको सङ्ख्या सात पुगेको छ ।
अहिलेसम्म कूल कोभिड सङ्क्रमित सङ्ख्या ६३१ र सक्रिय सङ्क्रमित सङ्ख्या १८९ पुगेको नगरपालिकाले जनाएको छ । गोदावरीको वडा नं ११ चापागाउँ ५२ महिला र ६४ पुरुष गरी १ सय १६ जना सबैभन्दा बढी सङ्क्रमित रहेको वडा हो भने वडा नं ७ देवीचौर हालसम्म एक जना व्यक्तिमात्र सङ्क्रमित भएको वडा रहेको नगरपालिका सूचना अधिकृत विष्णु कँडेलले बर्ता । उनले भने, “गोदावरी ठेगाना भएका तीन पुरुष र एक महिला गरी चार जना व्यक्तिको अझैसम्म पनि पहिचान खुल्न सकेको छैन ।”
दक्षिण ललितपुरका वाग्मती, महाँकाल र कोञ्ज्योसोम तीन गाउँपालिकाका धेरैजसो कोरोना सङ्क्रमितले स्वास्थ्यलाभ गरेर डिस्चार्ज भइसकेका सम्बन्धित पालिकाका स्वास्थ्य संयोजकको भनाइ छ । महाँकाल र कोञ्ज्योसोममा हालसम्म कुनै व्यक्तिले कोरोनाका कारण मृत्यु वरण गर्नुपरेको छैन तर वाग्मती वडा नं ६ आश्राङ निवासी ७० वर्षमाथिका एक जना पुरुषलाई कोरोना लगेर निधन भइसकेको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताए ।
तिमल्सिनाले भने, “यहाँ डिस्चार्ज हुनेको सङ्ख्या १५, होम आइसोलेसनमा सात र गाउँपालिकामा कूल कोभिड सङ्क्रमित सङ्ख्या २२ पुगेको छ ।” गाउँपालिकाका केही व्यक्तिमा कन्ट्याक टे«सिङ गर्दा कोरोना पोजेटिभ देखिए पनि रोगको वास्तै नगरी मज्जाले हिँडिरहने, सजक हुनुपर्छ भनेर सम्झाए पनि ‘मलाई पोजेटिभ देखिएकै छैैन । मलाई यो रोग लागैकै हैन’ भन्नेसम्मका कुरा गर्ने गाउँवासी रहँदा उनबाट झन जोखिम बढ्ने पो हो कि भन्ने डर रहेको तिमिल्सिनाले जानकारी दिए ।
महाँकालमा कोरोना निको भएर डिस्चार्ज हुनेको सङ्ख्या १४, सक्रिम सङ्क्रमित एक र कूल कोरोना सङ्क्रमति सङ्ख्या १५ पुगेको स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए ।
कोञ्ज्योसोममा कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको सङ्ख्या १०, सक्रिय सङ्क्रमित चार र हालसम्म गाउँपालिकामा कूल कोभिड सङ्क्रमति सङ्ख्या १४ पुगेको स्वास्थ्य संयोजक नवलकिशोर महत्वले बताए । उनले भने, “गाउँपालिका–३ दलचोकी निवासी एकै घरका चार परिवारमा दोस्रो पटक कोरोना परीक्षण गर्दा पुनः पोजेटिभ नतिजा आएपछि आज तेस्रो पटक हामीले उनीहरुको स्वाब सङ्कलन गरेर गोदावरी नगरपालिका–६ टीकाभैरवस्थित आनन्दवन अस्पतालमा परीक्षणका लागि लाँदै छाँै ।”

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १ : ५९ बजे