११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेका जनप्रतिनिधिमा फैलँदो कोरोना सङ्क्रमण


१८ कार्तिक २०७७, मंगलबार  

0
Shares

१८ कात्तिक ०७७, काभ्रे । बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनालाई सोमबार कारोना पोजेटिभ पुष्टि भयो । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएलगत्तै उनी ढुङ्खर्कस्थित होम आइसोलेशनमा छन् । उनले पछिल्ला केही दिनदेखि आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कताको अपिल गरेका छन् ।
पनौती नगरपालिका प्रमुख भीमप्रसाद न्यौपाने पनि हप्तादेखि कोरोना सङ्क्रमणका कारण होम आइसोलेशनमै छन् । बनेपा नगरप्रमुख लक्ष्मीनरसिं वादे, उपप्रमुख रेखा दाहाल सापकोटालगायत दुई वडाध्यक्ष कोरोना सङ्क्रमणसँग जुधिरहेका छन् । सङ्क्रमित सबै जनप्रतिनिधि हाल होम आइसोलेशनमै रहेका छन् । परिवारसहित सङ्क्रमित धुलिखेल नगर प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठ भने हालै मात्र कोरोनामुक्त भए ।
पछिल्लो समय काभ्रेपलाञ्चोकमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिरहेसँगै स्थानीय तहका प्रमुखलगायत जनप्रतिनिधिमा कोरोना सङ्क्रमण बढ्दै गएको हो । हालसम्म सङ्क्रमित हुनेमा स्थानीय तहका चार प्रमुख छन् । स्थानीय जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना सङ्क्रमण हुँदा पालिका तथा वडा कार्यालयबाट नियमित प्रवाह भइरहेका सेवा प्रभावित बनिरहेका छन् । “जनप्रतिनिधिहरु पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी जस्तै फ्रन्टलाइनमा खट्नुहुन्छ, उहाँहरुलाई स्वास्थ्य–सुरक्षाको उच्च जोखिम हुनु स्वाभाविक हो, तर पनि सजगता अपरिहार्य छ नै”, कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने । झाका अनुसार यसअघि स्थानीय तहका करीब १२ वडा जनप्रतिनिधिमा सङ्क्रमण देखिइसकेको छ । यस्तै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई सोमबार सङ्क्रमण पुष्टि भएपछि आजदेखि एक हप्ताका लागि जिल्ला प्रशासन कार्यालयको सेवा बन्द गरिएको छ । सहायक प्रजिअ लक्ष्मीदेवी होमागाईंले सोमबार नै विज्ञप्तिमार्फत प्रजिअलगायत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यकबाहेकको सेवा यही कात्तिक २४ गतेसम्मका लागि बन्द गरिएको उल्लेख छ ।
यसैबीच काभ्रेपलाञ्चोकमा सोमबारसम्म कूल सङ्क्रमितको सङ्ख्या एक हजार ७ सय ७५ पुगेको छ । यसमध्ये ७० प्रतिशत अर्थात् एक हजार २ सय २६ कोरोनामुक्त भइसकेको पोष्टले जनाएको छ । हाल कोरोना सक्रिय सङ्क्रमितमध्ये ४४ प्रतिशत अर्थात् २ सय २९ बनेपा नगरका हुन् । धुलिखेलमा १ सय १०, पनौतीमा ८२, पाँचखालमा २६, नमोबुद्धमा १६, मण्डनदेउपुरमा ३४, रोशी र बेथानचोकमा छ–छ, तेमालमा तीन तथा भुम्लु, महाभारत, खानीखोला र चौँरीदेउरालीमा एकएक सङ्क्रमित छन् । हाल सक्रिय सङ्क्रमितमध्ये अस्पताल आइसोलेशनमा ४९ र होम आइसोलेशनमा ४ सय ७९ उपचाररत रहेको पोष्टले जनाएको छ । काभ्रेपलाञ्चोकमा हालसम्म १४ पुरुष र सात महिला गरी २१ को कोरोना सङ्क्रमणका कारण मृत्यु छ । पोष्टका अनुसार २४ घण्टामा ४८ पुरुष र ४४ महिला गरी ९२ नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  २ : २८ बजे