१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा केटीको विषयमा विवादपछि छुरा चल्यो, युवकको मृत्यु


२० कार्तिक २०७७, बिहिबार  

0
Shares


२० कात्तिक ०७७, धापासी । काठमाडौं धापासी हाईट बस्ने २५ वर्षीय आशिष मगरलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा उदयपुर गाईघाट घर भएका २० वर्षीय रुपेश आले मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
रुपेशको समूह र मृतक आशिष मगरको समूहबीच कात्तिक १४ गते केटी साथीको विषयमा विवाद भई झडपको क्रममा रुपेशले आशिषलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएका आशिषको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनापश्चात फरार रुपेशलाई महानगरीय अपराध महाशाखाको प्रहरीले सुनसरी धरान उपमहानगरपालिका ८
भानुचोकबाट पक्राउ गरेको हो । साथै घटनामा प्रयोग भएको छुरा काठमाडौं महानगरपालिका( ३ बाँसबारी क्लब, गंगा गल्लीस्थित तरकारी बारीबाट प्रहरीले बरामद गरेको छ ।
घटनामा संलग्न रहेका अन्य तीन जनालाई गत शनिबार नै पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको र पक्राउ परेका रुपेशलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगंज पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ६ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।