११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी नगरमा शैक्षिक सामाग्री वितरण


२७ कार्तिक २०७७, बिहिबार  

0
Shares

 


२७ कात्तिक ०७७, ललितपुर । गोदावरी नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ६ सय ४६ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
चाईना फाउण्डेसन फर पोभर्टी एलिभिएसन र राष्ट्रिय अपाङ्ग पुर्नसथापना समाज काठमाण्डौंद्वारा स्कुल झोला र स्टेश्नरीहरु कपी,कलम, जोमेट्री बक्स,रङ्ग बितरण गरिएको । जनभावना क्याम्पस पूर्व बिधार्थी संघका अध्यक्ष गोदावरी ९ छम्पी निवासी शैलेन्द्र बिष्टले जानकारी दिएका छन् ।
विष्टका अनुसार गोदावरी नगर ८ को चण्डिदेवी आधारभूत बिधालयमा १ सय ९२ जना,े ज्वालादेवी आधारभूत बिधालयमा ३९ जना, श्रीदेवी माध्यामिक बिधालय देवीचौरमा १ सय ९५, दुधेश्वरी दुर्गा प् आधारभूत बिधालयमा २९, छोटिडाँडा आधारभूत बिधालयमा ४५ जना र श्री भिमशेन आदर्श माध्यामिक बिधालयमा १ सय सय ४६ जना गरि कुल ६४६ जना बिधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
चाईना फाउण्डेसन फर पोभर्टी एलिभिएसन र राष्ट्रिय अपाङ्ग पुर्नसथापना समाज काठमाण्डौंद्वारा स्कुल झोला र स्टेश्नरीहरु कपी,कलम, जोमेट्री बक्स,रङ्ग बितरण गरिएको थियो । चाईना फाण्डेसनका नुजा महर्जन,एनआरएसडिका गौरी दाहाल, गोदावरी ९ निवासी युवानेता सरोज बिष्ट, बिधालयका प्रधानाध्यापक, शिक्षक र वार्डका प्रतिनिधीहरुको उपस्थितिमा उक्त सामाग्रीहरु बितरण गरिएको थियो ।
कार्यक्रमको समन्वयकर्ता शैलेन्द्र बिष्टलाई बिधालय तथा दाता संस्थाहरुद्वारा धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रमको समापनका लागि लागि एनआरएसडिका सुरेश प्याकुरेलको सहयोग रहेको थियो ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ९ : ५४ बजे