११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर हरिहरभवनमा अपागंता र वातावरणमैत्री फुटपाथ निर्माण


२८ कार्तिक २०७७, शुक्रबार  

0
Shares

ललितपुरको हरिहर भवनमा नवनिर्मित फुटपाथ । तस्विर ः ललितपुर खबर

२८ कार्तिक ०७७,पुल्चोक ः ललितपुर महानगरपालिकासँग सहकार्य गरेर एसियन कंक्रिटो प्रा.लिले हरिहरभवनमा ९० मिटरको अपागंता र वातावरणमन्त्री फुटपाथ निर्माण गरेको छ ।
कंक्रिटो प्रालिले नमूना फुटपाथको रुपमा निर्माण गरेको फुटपाथ शुक्रवार महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । ९० मिटरको उक्त फुटपाथ उद्घाटन अघि एसियन कंक्रिटोले महानगरलाई हस्तान्तरण गरेको थियो । फुटपाथ निर्माण महानगरको वडा नं ३ मा भएको हो ।

फुटपाथको रिवन काटेर उद्घाटन गर्दै ललितपुर महानगरका प्रमुख चिरिवावु महर्जन ।

महानगरप्रमुख महर्जनले अन्यत्रको भन्दा यो फुटपाथ आकर्षण भएको दावी गर्दै गुणस्तरीय सामग्री प्रयोग गरेर निर्माण भएको बताए । ललितपुर महानगरले अब बनाउने फुटपाथमा यस्तै सामग्री प्रयोग गर्नेबताए । उनले अन्तराष्ट्रिय मापदण्डको यस्तो फुटपाथ बनाउने ललितपुर महानगरपालिका पहिलो भएको बताए दावी गरेका छन् । फुटपाथ स्मार्ट सिटीको महत्वपूर्ण तत्व भएको बताउँदै गुणस्तरीय सामग्री प्रयोग गरेर फुटपाथ निर्माण गरेको भन्दै कम्पनीलाई धन्यवाद दिए ।
प्रालिका प्रबन्ध निर्देशक मनोज केडियाले कम्पनीको सामाजिक दायित्व अन्तर्गत यो फुटपाथ निशुल्क निर्माण गरेको जानकारी दिए ।
फुटपाथमा प्रयोग गरिने सामग्रीहरु युरोपिन मापदण्डको भएको उनको दावी थियो । केडियाले ललितपुर महानगरपालिकासँग सहकार्य गर्न पाएकोमा उनले खुशी व्यक्त गरे । यो फुटपाथ निर्माण गर्दा १९ लाख ५८ हजार ८ सय ७८ रुपैयाँ लागेको उनले बताए ।
कार्यक्रममा गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनको उपस्थिति थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र महानगरका प्रवक्ता राजु महर्जन लगायत वडा नं १२ का वडा अध्यक्ष नारायणलाल अवाले, १६ का अध्यक्ष निर्मलरत्न शाक्य लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ९ : २९ बजे