११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको थसिखेलमा तास खेल्ने ९ जना पक्राउ


५ मंसिर २०७७, शुक्रबार  

0
Shares


५ मङ्सिर ०७७, ललितपुर । ललितपुर महानगरपालिका १४ थसिखेलस्थित उत्तम बहादुर कार्कीको महालक्ष्मी अटो वर्कसपमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६० वर्षीय राज कुमार महत लगायत ९ जनालाई नगद १ लाख १३ हजार ३ सय ५५ रुपैयाँ र ४ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोवाटोबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ९ : २६ बजे