११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


विप्लवका काभ्रे जिल्ला नेता लामा पक्राउ


८ मंसिर २०७७, सोमबार  

0
Shares

८ मंसिर ०७७, काभ्रे । नेत्रविक्रम चन्द (विप्लव)समूहका जिल्ला नेता बुद्धलाल लामांलाई काभ्रेपलाञ्चोक प्रहरीले गिरफ्तार गरेको छ । रोशी गाउँपालिका–६ निवासी लामालाई प्रहरीले अपराह्न बनेपामा भएको सूचनाका आधारमा खोजतलासका क्रममा साँझ पक्राउ गरेको हो ।
समूहका जिल्ला सदस्य २७ वर्षीय लामालाई हिरासतमा राखिएको तथा सोमबार म्याद थप गरी थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए । यसअघि गत कात्तिक २६ गते चन्द नेतृत्वकै अर्का जिल्ला सदस्य मधुसूदन बजगाईंलाई जिल्लास्थित व्यापारी–उद्योगीलाई फोनमार्फत धाकधम्की दिई जर्बजस्ती चन्दा असुल्ने गरेको सूचनाका आधारमा काभ्रेपलाञ्चोक प्रहरीले पक्रेको थियो ।
सन्ताउन्न वर्षीय बजगाईँलाई प्रहरीले मुलुकी अपराध, २०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसूरअन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसूर शीर्षकमा मुद्दा दर्ता गरेको छ । लामालाई पनि सोही प्रकृतिको मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १० : १० बजे