११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लामो कार्तिक नाच सकियो दुई दिनमै


१४ मंसिर २०७७, आइतबार  

0
Shares

कार्तिक शुक्लपक्ष दवादशी तिथिमा मनाइँदै आएको कार्तिक नाच अन्तर्गत शुक्रबार नृत्य प्रस्तुत गर्दै कलाकार । कोरोनाका कारण यस वर्ष स्वास्थ्य मापदण्ड पालन गर्दै दुई दिन नृत्य गरिने छ । तस्वीर ः रोशन सापकोटा/रासस

१३ मङ्सिर ०७७, ललितपुर (रासस)ः लामो कार्तिक नाच नृसिंह अवतार नृत्य मञ्चन गरेर यस वर्षको ‘कार्तिक नृत्य’ सम्पन्न गरिएको छ । गत वर्ष १२ दिन प्रदर्शन गरिएको उक्त नाच यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण शुक्रबार र शनिबार दुई दिन मात्र प्रदर्शन गरिएको थियो ।
विष्णुपुराणमा आधारित कथानुसार हिरण्यकशपुको बध गरेपछि अप्सराहरुले नृसिंहको क्रोध शान्त्त पार्छन् । त्यसपछि नृसिंहको पूजा गरेर नृत्य समापन गरिएको समितिका सचिव विजय तण्डुकारले बताएका छन् ।
शुक्रबार कात्तिक शुक्लपक्ष द्वादशीमा वराह नृत्य प्रदर्शन गरिएको थियो । सो नाच संरक्षणका लागि यस वर्षदेखि अक्षयकोष स्थापना गरिने भएको छ । शनिबार पनि नृत्यकला हेर्न इच्छुक व्यक्तिले प्रत्यक्ष प्रसारणमार्फत हेरेका थिए । सो नाट्य महोत्सवले जनतालाई एउटै सूत्रमा बाँधेर धार्मिक, नैतिक र सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ ।
विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । सो नाच विश्वकै सबैभन्दा लामो भएको जिकिर गरिएको छ । कार्तिक नाच प्रथम पटक पाँच तथा सिद्धिनरसिंह मल्लका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको पाटनवासी बताउँछन् ।
मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्काे दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको जानकार बताउँछन् ।
राजा श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीला थपेर कार्तिक महिनाभरि २७ दिन सञ्चालन गरेका सो नाचमा १७ विधाका कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो । ती विधामा सुदामा, भक्त सूरदास, माधवानर लीला, ल्यवःलाय्गु अर्थात् सुखुली तुल्यगु, च्वलेखुदाँ अर्थात् दाँखुदाँ…, कौलाखिचा, माकः सि मियेगु, खुसि छिकेगु अर्थात् जीचा, तिंखिकाँ अर्थात् छ्योँध्वग्गि, सतिवनेगु अर्थात् महामूर्ख, उषाहरण लीला, जलशयन, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला, दधिलीला र बौद्ध अवतार लीला रहेको समितिले जनाएको छ ।
यस वर्षको कार्तिक नाच देखाउन लामो समय तालीम दिनु नपरेकाले आर्थिक समस्या नभएको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताउछन् । शर्माले भने, “यस पटक हामीले १८ वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका वृद्धमा कोरोनाको जोखिम बढी रहने हुँदा तीबाहेक अन्य उमेर समूहका मानिसलाई कलाकारको रुपमा छनोट ग¥याँै ।” गत वर्ष १२ दिन देखाइएको नृत्यमा लगभग १ सय ५० कलाकारका साथै पाटन दरबार परिसरभर नाच हेर्ने मानिसको भीड हुने गरेको शर्माले स्मरण गरे ।
यस पटक कोरोना कहरका भए पनि यस पालि घरबाटै भए पनि हेरेर आनन्द लिन पाएकामा निकै खुशी लागिरहेको पाटन सुन्धारा निवासी सूर्यमान डङ्गोलले बताए ।

 

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १ : ०५ बजे