१४ मंसिर ०७७,भक्तपुर । १२ वर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका ७ माने घर भई भक्तपुर दुवाकोट बस्ने २० वर्षीय युवक श्याम कृष्ण केसीलाई प्रहरीले पक्राउ गरेको छ ।
श्यामले ती बालिकालाई गत साउन १८ गते जबरजस्ती करणी गरेको भन्ने खबर शनिबार दिउँसो प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
केसीको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया