११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेयर गजेन्द्रले अर्थमन्त्री पौडेलसँग कानेखुशी गरेपछि…


१५ मंसिर २०७७, सोमबार  

0
Shares


ललितपुर खबर
१५ मंसिर ०७७, बज्रवाराही,ललितपुर । ललितपुर बज्रवाराही चौरमा सोमबार तामझामका साथ १५ शैयाको बज्रवाराही चापागाँउ अस्पतालको भवन शिलान्याशको कार्यक्रम थियो ।
अस्पतालको भवन शिलान्याशपछि औपचारिक कार्यक्रम सकिनै लागेको थियो । गोदावरी नगरका मेयर गजेन्द्र महर्जनलाई अर्थमन्त्री विष्णु पौडेलले शिलापत्र हस्तान्तरणको कार्यक्रम राखिएको थियो ।
अर्थमन्त्री पौडेलले तामाको प्लेट महर्जनलाई हातमा राख्ना साथ उनले कान मा सुटुक्क भने,‘अर्थमन्त्री ज्यू बजेटको चाही अभाव नहोस है ।’
अर्थमन्त्री पौडेलले तत्काल उत्तर फर्काहाले, ‘बजेट सकिनु ७ दिन अघि खबर गर्नु म व्यवस्था गरौला ।’
मेयर महर्जन पनि मुसुक्क हाँसिदिए ।
यो संवाद उनै अर्थमन्त्री पौडेलले पोडियममा आएर बताएपछि कानेखुशीका बारेमा खुलसा भएको हो ।
यद्यपी अर्थमन्त्रीले अस्पतालको भवन निर्माणका लागि बजेट अभाव नहुने आस्वस्त पारिसकेका थिए ।
मन्त्री पौडेलले देशभर बन्ने ३ सय ९६ अस्पतालका लागि ५७ अर्व ९५ करोड ११ लाख रुपैयाँ समेत सुनिश्चित गरेको बताएका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ७ : १३ बजे