११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बैंक खाताबाट अरुको पैसा लिने पक्राउ


१६ मंसिर २०७७, मंगलबार  

0
Shares


१५ मङ्सिर ०७७, काठमाडौं । कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी पैसा रकमान्तर भुक्तानी लिने फरार धादिङ रुबिभ्याली गाउँपालिका १ बस्ने ५४ वर्षीय खम्ब घलेलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
कृषि विकास बैंक मूख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोडबाट अपराधिक समूहका व्यक्तिहरूले संगठित रुपमा बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि विभिन्नव्यक्तिहरूको खातामा रकम पठाएर आफूले भुक्तानी लिएर बैंकलाई नोक्सान पु¥याउने फरार घलेलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको थियो ।
२०७६ असोज ७ गते कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर भएको रकमबाट ९ लाख ५० हजार रुपैयाँ भुक्तानी लिएको, श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश गरेको अवस्थामा सिस्टम चेक गर्दा सुनिता समेतका व्यक्तिहरूको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पु¥याएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले अनुसन्धान गर्दा २०७६ असोज ७ गते श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जा समेतलाई पक्राउ गरी उनीहरूलाई संगठित अपराध अपराध समेतका कसूरमा अनुसन्धान कारबाहीको लागि परिसर पठाइएको थियो ।
घलेलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला अदालत काठमाडौं पठाइएको महाशहाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ८ : ५६ बजे