११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा धमाधम खुल्दै विद्यालय


१७ मंसिर २०७७, बुधबार  

0
Shares


१७ मंसिर ०७७,काठमाडौं । कोरोनाका कारण बन्द शिक्षण संस्था सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएपछि काठमाडौंका स्थानीय तह विद्यालयमा सञ्चालन गर्ने तयारीमा छन् ।
स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अधिकार पाएपछि केही विद्यालय सञ्चालनमा आइसकेका छन् भने केही खुल्ने तयारीमा छन् ।
यसै क्रममा शङ्खरापुर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर अनुकूल समयमा पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको नगरप्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिए । “हामीले मिति नै तोकिएर विद्यालयमा पठनपाठन शुरु गर्नु भनेर भन्न मिल्दैन । कतिपय शिक्षक बाहिरबाट आउनुपर्ने हुन्छ”, प्रमुख श्रेष्ठले भने । यस नगरमा २३ वटा सामुदायिक र ६ संस्थागत विद्यालय छन् ।
तारकेश्वर नगरपालिकाले भने स्वास्थ्य मापदण्ड अपनाएर मङ्सिर २१ गतेबाट देखि नै विद्यालय सञ्चालन गर्ने भएको छ । एकै पटक धेरै विद्यार्थी भेला गराउँदा सङ्क्रमणको जोखिम हुने भएकाले बिहान र बेलुका दुई सिफ्टमा विद्यालय खोल्ने तयारीमा रहेको शिक्षा शाखाप्रमुख होमनाथ न्यौपानले बताए ।
कीर्तिपुर नगरपालिकालले सङ्क्रमणको जोखिम कायमै रहेकाले तत्काल विद्यालय नखोल्ने बनाएको छ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जनका अनुसार, दुईचार दिन विद्यालयमा पढाइ शुरु गरेर फेरि बन्द गर्ने स्थिति नआओस् भन्ने उद्देश्यले तत्काल विद्यालय खोल्ने तयारी नगरेको बताए । “जाडो पनि बढिरहेको छ । अलि न्यानो समय आउँछ । पुसको १५ तिरबाट मात्र विद्यालय सञ्चालन गर्ने तयारीमा छौँ”, प्रमुख महर्जनले भने ।
कागेश्वरी मनोहरा नगरपालिकाले मङ्सिर २१ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ । जोरबिजोर प्रणाली लागू गरेर स्वास्थ्य मापदण्ड अपनाएर मङ्सिर २१ गतेबाट विद्यालय खोल्ने तयारीमा रहेको नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिए । सङ्क्रमण बढी भएको क्षेत्रमा विशेष स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको बताइएको छ ।
टोखा नगरपालिकाले भने केही स्वास्थ्य सुरक्षा मापदण्ड बनाएरमात्र विद्यालय खोल्ने तयारी गरिएको नगरप्रमुख प्रकाश अधिकारीले बताए । “हतारमा विद्यालय सञ्चालन गर्दा सङ्क्रमणको जोखिम झन् बढ्न सक्छ”, प्रमुख अधिकारीले भने । नागार्जुन नगरपालिकाले तत्काल विद्यालय नखोल्ने भएको छ । सङ्क्रमणको जोखिम बढिरहेकाले विद्यालय खोल्ने निर्णय गरी नसकेको नगरप्रवक्ता थुमराज केसीले बताए ।
गोकर्णेश्वर नगरपालिकाले आजदेखि विद्यालय खोल्ने भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना बताउछन् । बूढानीलकण्ठ नगरपालिकाले विद्यालयको क्षमता र विद्यार्थी सङ्ख्या हेरेर विद्यालय खोल्ने तयारीमा रहेको जनाएको छ । जनप्रतिनिधि र अभिभावकबीच छलफल गरी केही स्वास्थ्य सुरक्षा मापदण्ड बनाएरमात्र विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको नगरप्रवक्ता नवराज भट्टराईले जानकारी दिए । रासस

 

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ११ : २२ बजे