१८ मंसिर ०७७, काठमाडौं । टोखा नगरस्थित कुलान्त सडकमै सुनका गहना लुटपाट गरेको अभियोगमा झापा दमक घर भएका १९ बर्षीय तुलसी कटुवाल लगायत ३ जनालाई बुधबार साँझ पक्राउ परेका छन् ।
काठमाडौं नेपालटार बस्ने नुवाकोट किस्पाङ गाउँपालिका ३ घर भएकी २७ वर्षीया महिलाको एक तोलाको सुनको मंगलसुत्र र ५२ लालको सुनको झुम्का लुटपाट गरी लुटेरा फरार भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले टोखा नगरपालिका ९ स्थित शिवानी गेष्ट हाउसबाट उनीहरुलाई गरगहना सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रतिक्रिया