२२ मङ्सिर ०७७, काठमाडौं । २३ मंसिर ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका ३२ मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त एटिएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।
एटिएम फोर्नमा संलग्न तामाङ्गमाथि कोटेश्वर प्रहरीले अनुसन्धान बढाएको प्रहरीको भनाई छ ।
२३ मंसिर २०७७, मंगलबार
0
Shares
प्रतिक्रिया