११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बनेपामा २ मोटरसाइकल ठोकियो, २ को मृत्यु


२३ मंसिर २०७७, मंगलबार  

0
Shares


२३ मंसिर ०७७,काभ्रे । बनेपा नगरपालिका ६ नयाँ तरकारी बजार सडकमा ना.१२ प ७४२९ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२ –०१७ प २७०८ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा ना.१२ प ७४२९ नम्बरको मोटरसाइकल चालक धुलिखेल नगरपालिका ६ बस्ने ३० वर्षीय सत्यमान तामाङ र बागमती प्रदेश ०२–०१७ प २७०८ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपाल्चोक चौतारा ६ बस्ने २९ वर्षीय हरि कृष्ण बस्नेत रहेका छन् ।
दुर्घटनामा घाइते भएका उनीहरुको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ८ : ५४ बजे