११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ठैव–बाडेगाउँ सडकमा नाली–ढल राख्न सुरु


५ पुस २०७७, आइतबार  

0
Shares

बाडेगाँउमा ढल राख्नका लागि ल्याइएको ह्वीम पाइप । तस्विर : ललितपुर खबर

५ पुस ०७७,ललितपुर । सातदोबाटो–गोदावरी सडक खण्डअन्तर्गत ठैव–बाडेगाउँ मूल सडकमा नाली तथा ढल राख्न कार्य सुरु गरिएको छ । सो सडक कालोपत्र गर्नका लागि आज(आइतबार)देखि नाली तथा ढल राख्न थालिउको हो ।
यस सडकमा दैनिक गुड्ने सवारी साधन वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिसकेको गोदावरी नगरपालिका–१४ का वडाध्यक्ष जगनाथ महर्जनले बताए । उनले भने, “ठाउँठाउँमा प्वाल खनेर ढलको पाइप हाल्ने र यसलाई सुकाउने काम गर्नुपर्ने हुँदा १६ दिन सडक अवरुद्ध हुनेछ ।”
ठैव–बाडेगाउँ मुख्य सडक भएर दैनिक यात्रा गर्ने गोदावरीवासीले हाडेगाउँचोक, बाडेगाउँचोक हुँदै झरुवारासी भएर भट्टराई आश्रम र ठैवचोक हुँदै दमैटार भएर हाडेगाउँ यात्रा गर्न थालिसकेका छन् । ती सडकमा ढल व्यवस्थापनका लागि ठैवबाट–बाडेगाउँसम्म ९ सय मिटर खन्नुपर्छ । सो सडक खण्ड कालोपत्र गर्न सरकारले २२ मिटरको मापदण्ड तोके पनि मुआब्जा विवाद र क्षतिपूर्ति पाउन नसकेका कारण कहीँ चार, कतै छ लेनको र कहीँ आठ मिटरको सडक रहेको महर्जनले जानकारी दिए ।

केही वर्षअघि देखि सातदोबाटो–गोदावरी सडकको अवस्था एकदमै दयनीय बन्दै गइरहँदा आफूहरुले विभिन्न समस्या भोग्नुपरिरहेको स्थानीयवासीको गुनासो छ । सडकमा भएका खाल्डाखुल्डी, हिलो र धुलोका कारण वर्षैपिच्छे दुर्घटना हुने र सडक छेउमै घर भएका कारण दैनिक उड्ने धुलोले भित्रसमेत बस्न कठिन भइरहेको सविता महर्जनले गुनासो गरिन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ६ : ५७ बजे