११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका युवा खिचापोखरीबाट लागूऔषधसहित पक्राउ


६ पुस २०७७, सोमबार  

0
Shares


६ पुस ०७७,काठमाडौ । काठमाडौं महानगरपालिका २२ खिचापोखरीस्थित सडक किनाराबाट नियन्त्रित लागूऔषधसहित ललितपुरका एक युवक पक्राउ परेका छन् । डाईजेपाम ६१ एम्पुल, बुप्रेनोर्फिन (नूफिन) १ सय २५ एम्पुल र फेनारगन १ सय २६ एम्पुल सहित दुई जनालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका ५ बस्ने ४३ वर्षीय सुरज केसी छन् । उनका साथमा सप्तरी रुपनी गाउँपालिका २ बस्ने ३७ वर्षीय सन्तोष भन्ने रामनारायण यादव समेत रहेको बताइएको छ।
साथै काठमाडौं महानगरपालिका ३२ कोटेश्वरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ सय ९७ एम्पुल, बुप्रेनोर्फिन ४ सय ९८ एम्पुल, फेनारगन ४ सय ८१ एम्पुल र नाईट्राजेपाम १२ सय ट्याबलेट सहित २ जनालाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेकोछ ।
पक्राउ पर्नेहरूमा सिराहा नवराजपुर गाउँपालिका ५ बस्ने २२ वर्षीय धर्मदेव यादव र सोही ठाउँ बस्ने २५ वर्षीय चितरञ्जन यादव रहेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा उक्त परिमाणको लागूऔषध सहितउनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ७ : ५३ बजे