३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


कालेश्वरको चनढुंगा र सास्कृतिक पाटो


८ पुस २०७७, बुधबार  

0
Shares


 
८ पुस ०७७, कालेश्वर । कालेश्वर सिसौन गाँउमा एउटा विशाल ढुंगा छ । जुन पहाडको छेउमा ढल्नै लागे झैं देखिन्छ ।
१९९० सालमा महाभुकम्पमा यो ढलेन । ०७२ सालको भुकम्पमा पनि केही भएन ।
सिसौन चनढुंगा नजिकै भएकी कृश्चला थोकर ०७२ सालको भुकम्पको बेला चनढुंगा नजिकै बसिरहेको बताउछिन् । भन्छिन्, ‘हाम्रो घर ढल्यो तर भीरको डिलको त्योे चनढुंगा ढलेन ।’
उनका अनुसार त्यसबेलाको भुकम्प र पराकम्पले त्यो ढुंगा ढल्केन न त चर्केको नै देखिन्छ ।
ललितपुर प्याङ्गाँउका स्थानीय चरसुन्दर महर्जन हजारौ वर्ष पहिले कालपुरुषले कालेश्वर डाँडामा तपस्या गर्ने क्रममा स्थापना गरेको शिवलिंगमा यही विशाल ढुंगाले चन्दन घोटेर चढाउने गरेको धार्मिक विश्वास रहेको बताउछन् । भन्छन्, त्यही दैविक शक्तिको कारण महाविपत्तीमा समेत यो ढुंगा ढलेन ।
कालेश्वर महादेवलाई कुल देवताका रुपमा पुज्ने प्याङ्गाँउका स्थानीय महर्जन चनढुंगालाई सम्पदाको रुपमा संरक्षण गर्नुपर्ने तर्क गर्दै भन्छन्, ‘कालेश्वरको सम्पदा संरक्षणका लागि केन्द्र सरकारको आँखा परेन परेन । स्थानीय सरकारको रुपमा दरिएको महाँकाल गाँउपालिकाले समेत बेवास्ता गरिरहेको छ ।’
स्थानीय थोकर चैत्र पूर्णिमाको दिन चनढुंगामा समेत जात्रा लाग्ने बताउछिन् । उनका अनुसार यो दिन चनढुंगामा राती जागाराम बस्ने चलन छ । स्थानीय तामाङ्ग समुदायका झाँक्री यहाँ ढ्याङ्ग्रो ठटाउँछन् । चनढुंगासँगै रहेको शिलामा बली दिन्छन् ।
कालेश्वरकै सनमान लामा सिसौनको चनढुंगा कालेश्वर मन्दिरकै एक हिस्सा भएको कारण पर्यटकीय स्थल रहेको बताउँछन् । भन्छन्, ‘पछिल्ला दिन भीरको छेउमा अड्केको विशाल ढुंगा हेर्न आउने आन्तरिक पर्यटक बढेको छ ।’ उनका अनुसार आगन्तुत ढल्ने लागेको यो ढुंगा देखेर अचम्मित हुन्छन् ।

 

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १० : ०२ बजे