४ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको विशङ्खुनारायण महास्नान रोकियो


२० पुस २०७७, सोमबार  

0
Shares

 


२० पुस, ०७७ ललितपुर । चार नारायणमध्येका एक विशङ्खुनारायणको महास्नान रोकिएको छ । विशङ्खुनारायणका पुजारी परिवारलाई सुत्केरो परेसँगै सोमबार उक्त महास्नान रोकिएको हो । सदियौँ वर्षअघिदेखि नारायणको रेखदेख र पूजा आदि व्यवस्थापन सुवेदी थरले गर्दै आएका थिए ।

प्रत्येक वर्ष पौष कृष्ण षष्ठीका दिन नारायणको महास्नान गरिने चलनानुसार आजका दिन महास्नान गरिएको विशङ्खुनारायण पूजा व्यवस्थापन समितिका सचिव दिवाकर सुवेदीले जानकारी दिए । उनले भने, ‘सुत्केरो चोखिएपछि उत्तम साइतमा महास्नान गर्नेछौँ तर कुन दिनमा हुन्छ भन्ने कुरा छलफलपछि मात्र थाहा हुन्छ ।’ सुवेदी परिवारले विशङ्खुनारायणलाई इष्ट देवताका रुपमा पुज्ने भएकाले आफूहरुमार्फत नै सो महास्नान गरिएको सचिव सुवेदीले जानकारी गराए ।

गोदावरी नगरपालिका–२ मा अवस्थित सो नारायण मन्दिरमा हरेक वर्ष हरिबोधिनी एकादशीको दिन मेला लाग्छ । चारमध्ये विशङ्खुनारायणलाई माहिला नारायणका रुपमा पुज्ने गरिन्छ । हरेक ठूलो एकादशीको दिन तुलसीसँग भगवान विष्णुको विवाह हुने भएकाले धादिङ, नुवाकोट, काभ्रेलगायतका स्थानबाट दर्शनार्थी विशङ्खुनारायण आउने गर्छन् । भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामकरण भएको स्थानीयवासी गोविन्द विष्टले जानकारी जानकारी दिए ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।