२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका यी ठाउँमा मंगलबार दिनभर बत्ती काटिँदै


२० पुस २०७७, सोमबार  

0
Shares

 


२० पुस, ०७७ ललितपुर । ललितपुरका विभिन्न स्थानमा मंगलबार दिनभर बत्ती काटिने भएको छ । लगनखेल वितरण केन्द्र अन्तर्गत ६६ केभी प्रशारणलाइन मर्मत गर्नुपर्ने भन्दै नेपाल विद्युत प्राधिकरणले मंगलबार ललितपुरका विभिन्न स्थानमा दिनभर बत्ती काट्ने जनाएको हो ।
प्राधिकरणका अनुसार मंगलबजार फिडरको इमाडोल कृष्ण मन्दिर अगाडिदेखि पवन प्रकृतिसम्म बत्ती काटिनेछ। त्यस्तै इमाडोल, कृष्ण मन्दिर, बोझेपोखरी, महर्जन चोक, ढुंगेसागु, टीकाथली, सार्कीढीक, मोतीचोक, खरिबोट र ग्याँसप्लान्टलगायतका स्थानहरुमा बत्ती हुने छैन। यी स्थानहरुमा मंगलबार बिहान १० बजे देखि दिउसो ४ बजेसम्म बत्ती काटिने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ७ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।