२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा थप ५३ जनामा कोरोना संक्रमण, ३२२ सक्रिय संक्रमित(ग्राफसहित)


२१ पुस २०७७, मंगलबार  

0
Shares


२१ पुस, ०७७ ललितपुर । ललितपुरमा मंगलबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७१, ललितपुरमा ५३ र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार ललितपुरमा हाल ३२२ जना सक्रिय संक्रमित रहेका छन् । १४ हजार ९ सय ३५ जना निको भएका छन् । ललितपुर जिल्लामा हालसम्म कोरोनाका कारण १ सय ४७ जनाको मृत्यु भइसकेको छ ।
यस्तै मंगलबार नेपालमा थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५५१ पीसीआर परीक्षणमा मंगलबार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२५ पुगेको छ । मंगलबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ९३ पुगेको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ५ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।