११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


करेन्ट लाग्दा भक्तपुरमा एकको मृत्यु, एक घाइते


२१ पुस २०७७, मंगलबार  

0
Shares


२१ पुस ०७७,भक्तपुर । भक्तपुर नगरपालिका–२ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । घटनामा दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । बत्ति जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सिन्धुली कमलामाई नगरपालिका–११ घर भई हाल काठमाडौँ बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तानको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
भक्तपुर नगरपालिकामा सडक बत्ती जडान गर्न बोलपत्र पारेको टप्सन इनर्जी सानो भ¥र्याङ काठमाडौँको तर्फबाट काममा खटिएका कामदारले विद्युतको सिमेन्टको पोलमा सडक बत्तीको मेटलको पोलसहितको बत्ती जडान गर्ने क्रममा पोलमै टाँगिएको नाङ्गो तारमा छुँदा करेन्ट लागेको उनले जानकारी दिए । दिउँसो करिब १ः३० बजे करेन्ट लागेर पोलबाट भुइँमा खसेका मोक्तानको भक्तपुर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर पठाइएको र पोलमै टाँसिएका बुढाथोकीको भने पोलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
सडक बत्ती जडान गर्ने क्रममा विद्युत् लाइन काट्न नलगाउँदा र सावधानी नअपनाउँदा मजदूरको मृत्यु भएको र जोखिमयुक्त काममा पनि बीमा नहुँदा उनीहरु थप मारमा परेको अन्य मजदूरको गुनासो छ ।
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर उकालोमा आज भक्तपुरबाट काठमाडाँैतर्फ जाँदै गरेको लु२ख ६७८ नंको ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एकको मृत्यु भएको छ । ट्रकको पछाडिको भागले सोही दिशातर्फ जाँदै गरेको बा८२प ९७३७ नंको स्कुटरलाई ठक्कर दिई ट्रकको पछाडिपट्टिको चक्काले किच्दा स्कुटर चालक सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ५८ वर्षीय नरहरि न्यौपानेको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।
दुर्घटनापछि उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर लगे पनि चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए । घटनापछि प्रहरीले दुवै सवारी साधन र ट्रक चालक रुपन्देही सियारी गाउँपालिका–२ बस्ने ४० वर्षीय ओमप्रकाश चमारलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरीवृत्त थिमिमा राखिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ६ : ४१ बजे