१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको नख्खु चोकसहित यि ठाउँमा आज पनि विद्युत अवरुद्ध हुने


२२ पुस २०७७, बुधबार  

0
Shares


२२ पुस ०७७, ललितपुर । ललितपुरका विभिन्न ठाउँमा आज पनि विद्युत अवरुद्ध हुने भएको छ ।
पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर अन्तर्गत नख्खु चोक, बागडोल, धोबिघारा, मालपोखरी, धोबीघाट, नयाँबाटो, सनराइज टावरलगायत क्षेत्रमा ट्रान्सफर्मर जडानको काम गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुने भएको हो ।

ट्रान्सफर्मर जडानका लागि पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर सटडाउनमा राख्नुपर्ने भएकोले दिउँसो १ बजेदेखि ४ बजेसम्म बत्ति जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यस्तै प्राधिकरणले निर्धारित समय अगावै ट्रान्सफर्मर जडानको काम सम्पन्न भए तोकिएको समयअगावै विद्युत आउने पनि जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ९ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।