११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


 ‘ठूलो अपराध गर्छु र म आफैं मर्छु’ भन्ने ललितपुर महालक्ष्मी नगरपालिकाका एक जना पक्राउ


२२ पुस २०७७, बुधबार  

0
Shares

२२ पुस ०७७, ललितपुर । प्रहरीको कन्ट्रोल १०० मा फोन गर्दै आज राति म ठूलो क्राइम गर्छु र त्यसपछि म आफैं मर्छु’ भन्दै फोन गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका–४ कमलपोखरीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३८ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् । उनले मंगलबार दिउँसो ४ बजेतिर प्रहरी कन्ट्रोल १०० मा फोन गर्दै ‘आज राति म ठूलो क्राइम गर्छु र त्यसपछि म आफैं मर्छु’ भन्दै फोन गरेको प्रहरीले जनाएको छ । यति भनेपछि ती व्यक्तिले फोन राखे। अपराध गर्ने र मर्ने भन्दै धम्कीस्वरुप अग्रिम फोन आएपछि प्रहरीको टोलीले ती व्यक्तिको पहिचान गर्नेतर्फ लागेको थियो ।

अपराध गर्छु र आफू पनि मर्छु भन्ने ती व्यक्तिलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनले किन यसो भन्दै प्रहरीलाई फोन गरे भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रेष्ठलाई महानगरीय प्रहरी वृत्तमा राखेर अनुसन्धान शुरु गरिएको परिसर ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ११ : ५८ बजे